कुर्सियोङ ः पछिल्लो समय कुर्सियोङमा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होम स्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूको पनि आकर्षण बढेको छ ।
सुकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा बसेर रमाउँदा बेग्लै अनुभूति लिन सकिन्छ । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्कनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होम स्टे रोजाइमा पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होम स्टेमा मिल्ने गर्छ ।
पछिल्लो समय कुर्सियोङका होम स्टेमा नेपाल , भारत लगायत तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । कुर्सियोङ र आसपासमा भएका पर्यटकिय स्थलको अवलोकन गन बाहय पर्यटक आउने गरेका छन । केही समय गाडिसम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होम स्टेहरु बिस्तारै पर्यटकहरुको रोजाईँमा पर्न थालेको पाइन्छ । यहाँको राम्रो वातावरण र रहनसहनले आकर्षित बनाएको उनीहरुको भनाइ छ । धेरै विदेशी हिमालको पदयात्रामा जाने भएपनि अहिले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होम स्टे सञ्चालक रोशन लामाले बताउँछन् ।
महङ्गा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा पुयाउदैँ आएको जिन्ला होम स्टे कुर्सियोङमा नेपाली , भारतीय पर्यटक लागी परिचित बनेको छ । सो होम स्टेमा बस्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् । उनीहरु धेरै होम स्टेमा गाइको थलो भकारो गर्ने, घाँस काट्ने, घरको काम सघाउने, खाना पकाउने, दुध डेरीमा पुर्याउने समेत गर्दछन् । धेरैजसो पर्यटकहरु साता दिनदेखि एक महिनासम्मको समय मिलाएर बस्ने गरेका छन् । होम स्टेबाट यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाउँदा खुशी हुँदै उनीहरुले खुरसाङ को बसाई ज्यादै राम्रो भएको बताउने गरेका छन् ।
होम स्टेमा बस्ने विदेशीले अनलाइनमार्फत् सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने गाउँघर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ । फ्रान्स, जर्मनी, जापान, इटाली, नेदरल्याण्ड र कोरीयाका नागरिकले समेत खुरसाङकाको जिङला होम स्टे लोभलाग्दा होम स्टेको स्वाद लिएका छन् । नगद पचिस सयमा खाना , खाजा र बस्नको व्यावस्था समेत सो होम स्टेले गरेको छ । पर्यटकहरुलागी बागडोरा बाट यातायतको समेत व्यावस्था गरेको छ । पाहुनाको आवश्यकता अनुसार अन्य सुविधा समेत उपलब्ध गराउने गरेको सञ्चालक रोशन लामा ले जानकारी दिनुभयो ।