०२ चैत्र २०८१, आइतबार

महानगरद्वारा पशुपालक किसानलाई निःशुल्क परजीवि नियन्त्रणको औषधि वितरण

Logo
News आइतबार, जेठ २७, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रुपमा औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।

सो क्षेत्रमा किसानले पशुपालन गर्दै आएका छन् । उनीहरुलाई गाई, भैंसी र बाख्रा व्यावसायिक रुपमै पाल्दै आएका छन् । जसबाट किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । आन्तरिक परजीविका कारण उत्पादनमा किसानले ठूलो नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको हो । परजीवि नियन्त्रणको औषधि सेवनले उत्पादनमा वृद्धि हुने शाखा प्रमुख यादवको दाबी छ ।

वडाध्यक्ष जितेन्द्रकुमार साहको समेत उपस्थितिमा भएको कार्यक्रममा ७६ घरपरिवारका २ सय ३५ वटा पशुवस्तुलाई परजीविको औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी शाखाका गणेश पौडेलले जानकारी दिए । पशुका लागि आयोजित शिविरमा शाखाकी डा. सरहाना सुवेदीले चेकजाँच गरेकी थिइन् । महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवि नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको उनले बताए । यस वर्ष १ सय २१ जना किसानलाई हिउँदे र वर्षे घाँसको बिऊसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए । १ सय महिला बाख्रा कृषक समूहलाई पनि आन्तरिक र बाह्य परजीवि नियन्त्रणको औषधि वितरण गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१