०२ चैत्र २०८१, आइतबार

अर्थमन्त्रि पुुनद्वारा स्वकिय सचिवलाई विराटनगर आराका प्रमुखमा नियुक्ति

Logo
News शुक्रबार, आषाढ ०१, २०८१

बिराटनगर,जेठ ३२ गते ।
अर्थ मन्त्रालयले आन्तरिक राजश्व कार्यालय बिराटनगरको कार्यालय प्रमुखमा अर्थमन्त्रि बर्षमान पुुनका स्वकीय सचिवमा कार्यरत उपसचिव भुुपाल शाक्यलाई पठाउने निर्णय गरेको कुुरा थाहा भएको छ । अर्थ मन्त्रालयले मन्त्रि स्तरिय निर्णय गर्दै अर्थमन्त्रि पुुनले आफना विश्वासिला उपसचिव भुुपाल शाक्यलाई विराटनगर आन्तरिक राजश्व कार्यालयको प्रमुुखका रुपमा पठाउने निर्देशन दिएसँगै अर्थमन्त्रालयले उपसचिव शाक्यलाई आन्तरिक राजश्व कार्याल्य विराटनगरको प्रमुुखमा नियुुक्तिको तयारी गरेको कुुरा थाहा भएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका तात्कालिन कार्यालय प्रमुुख डा.डि.वी.क्षेत्री यही जेठ २९ गते देखी उमेरहदका कारण अनिवार्य अवकासमा जानुु भएको हुुँदा आन्तरिक राजश्व कार्यालयको प्रमुख कर अधिकृत खाली रहेको थियो । सोही खालि स्थानमा अर्थमन्त्रि बर्षमान पुुनले आफना स्वकिय सचिव भुुपाल शाक्यलाई नै विराटनगर पठाउने निर्देशन दिएको कुुरा अर्थमन्त्रालय स्रोतले बताएको छ । आन्तरिक राजश्व कार्यालय प्रमुखमा आउन लागेका प्रमुुख कर अधिकृत भुुपाल शाक्य आर्थिक वर्ष २०६५÷२०६६ देखी दुुइ वर्षसम्म आन्त्रिक राजश्व कार्यालय विराटनगरको कर अधिकृत भएर काम गरि सकेका अधिकृत हुुन । उनी स्थानीय बेलवारी नगरपालिकाका स्थानीय बासिन्दा समेत भएकाले शाक्यलाई काम गर्न सहजै हुुने कुुरा स्थानीय ब्यवसायीहरुले बताएका छन ।
आफुु आन्तरिक राजश्व कार्यालय विराटनगर जान इच्छुुक भएको तर दरवन्दि अनुुसारको जनशक्ति त्यस कार्यालयमा नभएको भन्दै उपसचिव भुुपाल शाक्यले खाली रहेको एक जना कर अधिकृत आफनो इच्छा अनुुसारको लिएर जान पाउनुुपर्ने कुुरा अर्थमन्त्रि समक्ष राखेको कुुरा अर्थमन्त्रालय स्रोतले बताएका छन । आन्तरिक राजश्व कार्यालय विराटनगरमा सरुवा भएर पनि पारिवारिक कारण देखाउँदै करअधिकृत रघुु पराजुुली अर्थमन्त्रालय मै काम गर्दै रहेको अवस्थामा एक कर अधिकृत विराटनगर आन्तरिक रजश्व कार्यालयमा खाली नै भएको कुरा समाचारस्रोतहरुले बताएका छन । सोही खाली ठाउँमा आफनो अनुुकुुलको एक कर अधिकृत सहित विराटनगर आन्तरिक राजश्व कार्यालयको बागडोर सम्हाल्न उपसचिव भुुपाल शाक्य आउने निश्चि भएको कुुरा स्रोतले बताएका हुुन ।
अहिले ब्यापारीहरुले सरकारको अपरिपक्क नितीका कारण नयाँ बस्तु आयातका लागि एलसी समेत नखोलेको कुरा थहा भएको छ । गत वर्ष कै अन्त्यमा खोलीएका एलसी बाट नै केही सामान आयात हुँदै आएको कुरा बताइएको छ । आन्तरिक राजश्व कार्यालयमा पनि अन्तशुल्क तर्फको राजश्व असुलीमा सरकारले अर्र्वौ रकम राजश्व घाटा ब्यर्होनु परेको अवस्था रहेको छ । सरकारले अव आफना अनुकुलका कार्यालय प्रमुख नियुक्ति गरी विगतका महिनामा भएका राजश्व संकलनको घाटा पुर्ती गर्ने तर्फ काम गर्ने विश्वास स्थानीय ब्यवसायीक क्षेत्रमा गर्न थालिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१