०२ चैत्र २०८१, आइतबार

विराटनगर सडक सौन्दर्यकरण अभियान शुभारम्भ

Logo
News शनिबार, आषाढ ०२, २०८१

विराटनगर ,१ असार । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाको आज शुभारम्भ गरिएको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर वडा नं ६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फुलको विरुवा रोपी अभियानको शुभारम्भ गर्नु भएको छ।
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं विरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिन थप अन्य क्षेत्रमा सौन्दर्यकरण अभियान अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाको रुपमा लिनु पर्ने बताउनु भयो ।

महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछी देखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मेडिएम (डिभाइडर) सडक सौन्दर्यकरण अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिनु भयो ।सो अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रलाई हराभरा बनाउन यस कार्यले मद्दत पुगेको बताउनु भयो ।फूल र विरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायतका कार्य सम्पन्न भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१