२६ पुष २०८१, शुक्रबार

महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु

Logo
News आइतबार, आषाढ ०३, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसी पूर्वतयारीलाई तीव्रता दिएको छ । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित भएकाहरुका लागि आश्रयस्थलसमेत पहिचान गरिसकेको विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले जानकारी दिनुभयो ।

महानगरले विभिन्न ८ वटा क्षेत्रहरु तयार गरेको छ । जसमा समग्र व्यवस्थापन सूचना, खोज तथा उद्धार, खाद्य तथा कृषि, स्वास्थ्य तथा पोषण, खानेपानी तथा वातावरण प्रवद्र्धन, आपतकालीन आश्रम तथा गैरखाद्य सामग्री, सुरक्षा तथा संरक्षण, आपतकालीन शिक्षा र शीघ्र पुनर्लाभ रहेका छन् । उक्त विषयगत क्षेत्रहरुले आपतकालीन अवस्थामा तत्कालै सेवाहरु उपलब्ध गराउने कोइरालाले बताउनुभयो । महानगरले आवश्यक सामग्रीसहित स्थानीय आपतकालीन सेवा केन्द्र तयारी अवस्थामा राखेको मेयर कोइरालाले बताउनुभयो । उहाँले सुरक्षाका तीनवटै निकाय, रेडक्रस, उद्योगी व्यवसायी, समाजसेवी, राजनैतिक दल, नागरिक समाजसहित सबैको सहकार्य र समन्वयमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । पहिचान भएका आश्रयस्थललाई चुस्तदुरुस्त राख्न नागरिक समाजले बैठकमा सुझाव दिएको छ । विराटनगर महानगरका ९ र १० वडाबाहेक अन्य वडाहरु बाढी तथा डुबानबाट प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१