०८ पुष २०८१, सोमबार

योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Logo
News आइतबार, आषाढ १०, २०८१

विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना निर्माणको लागि प्रदेशका उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि गर्न महासंघ कोशीले कार्यक्रम आयोजना गरेको बताउँदै वहाँले विश्वव्यापीकरण र प्रविधिको विस्तारले औद्योगिक संघ संस्थाहरूको राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा सघन विस्तार भइरहेको अवस्थामा रणनीतिक योजनाको आवश्यकता महशुस गरी महासंघले यो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । कार्यक्रममा आध्यान्त फन्ड म्यानेजमेन्टका सहजकर्ता दिलीप गुरुङ र निश्चल सिंह भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा व्यापार सहजीकरण सेवा सम्बन्धि कार्यशाला पनि संचालन गरिएको थियो । कार्यशाला गोष्ठीमा संगठन को सांगठनिक संरचना र व्यापार सहजीकरणमा समुहगत रुपमा छलफल गरिएको थियो । छलफलमा भागलिदै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले प्रविधिमैत्री जनशक्ति र उद्यमशीलतालाई रणनीतिले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । गौरादह उद्योग वाणिज्य संघका जीतबहादुर कार्कीले महासंघ कोशी प्रदेश सम्पूर्ण उद्योग वाणिज्य संघहरुको छाता संगठनको रुपमा रहनुपर्ने बताउदै व्यापार सहजीकरण सेवा पनि महासंघ कोशीबाटै संचालन हुनुपर्ने बताउनु भयो । उद्योग संगठन मोरंगका उपाध्यक्ष भोलेश्वर दुलालले व्यवसायीक रणनीति निर्माण गर्दा अरुभन्दा फरक ढंगले गर्न सकिए सफलता प्राप्त गर्न सकिने बताउनु भयो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले संस्थागत रणनीति निर्माण गर्दा व्यवस्थित सचिवालय, हेल्प डेस्क, तथा तथ्यांकहरुलाई प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताउनु भयो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रणनीति निर्माण गर्दा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराज ढकालले चिया र यसको वर्तमान व्यवसायिक अवस्थाको बारेमा जानकारी गराउनु भयो ।
साथै आज बसेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौ कार्यसमिति बैठक अध्यक्ष श्री राजेन्द्र राउतको अध्यक्षतामा बसी अहिलेसम्म संचालन गरिएका कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको थियो भने आगामी असोज २ देखि ६ गते सम्म कटहरी, मोरंगमा रहेको कृषि बजारमा कृषि एक्स्पोको आयोजना गर्ने निर्णय गरिएको थियो ।
कार्यसमितिको बैठक पश्चात भएको रणनीतिक योजना कार्यशाला गोष्ठीमा कोशी प्रदेश अन्तरगतका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु गरी ५० जनाको सहभागिता रहेको थियो । रणनीतिक योजना कार्यशाला गोष्ठि असार ८ गते सम्म संचालन गरिने छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१