०२ चैत्र २०८१, आइतबार

मकालु साहित्यिक समाजद्वारा कोशी प्रदेशस्तरीय लोकदोहोरी सम्पन्न

Logo
News आइतबार, आषाढ १०, २०८१

विराटनगर ÷ मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय हुँदा संखुवासभाको मनकामना समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । लोकसंस्कृति र बञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । कार्यक्रममा पन्चैबाजाका कलाकारहरुले संगीत दिएका थिए । सोही अवसरमा साहित्यकार खेम नेपाली, गंगा सुवेदी र गायक संजीव धिमाललाई सम्मान गरिएको थियो ।
खाँदबारी नगरपालिका वडा नम्बर ७ को सहयोगमा ‘महिला हिंसा र दुव्र्यसन विरुद्ध’ माविस्तरीय लोकदोहोरी पनि सम्पन्न भएको छ । प्रतियोगितामा नगर क्षेत्रभित्रका ८ वटा माविका दोहोरी टिम सहभागी भएकामा आदर्श विद्यामन्दिर प्रथम, अरुण भ्याल्ली बोर्डिङ दोस्रो र मनमकामना मावि तेस्रो भए । लोपोन्मुख संस्कृतिको संरक्षणसहित समाजमा सचेतना अभिवृद्धिमा प्रतियोगिता अत्यन्तै फलदायी भएको अग्रज साहित्यकारसमेत रहेका आयोजक संस्थाका अध्यक्ष बुढाथोकीले दाबी गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१