०८ पुष २०८१, सोमबार

कोशी प्रदेश सरकारका लेखा समूहका कर्मचारीहरु अराजक बन्दै

Logo
News शनिबार, आषाढ १६, २०८१

बिगत केही महिना देखि प्रशासन समूह र लेखा समूहका कर्मचारी बीच प्रदेश लोकसेवा आयोग, बिराटनगरको मिति २०८० चैत्र १६ गते प्रकाशन भएको बिज्ञापनको बिषयलाई लिएर टकराव उत्पन्न भएको छ ।
प्रशासन समूहका कर्मचारीहरु विद्यमान ऐन, कानून अनुसार अगाडी बढेकोमा लेखा समूहका कर्मचारीहरुले आफ्नो समूहमा O&M गरी वृत्तिविकासमा जानुपर्नेमा प्रशासन समूहमा समाहित हुन पाउँ भनि वालहट गरेको देखिन्छ ।
प्रदेश निजामती सेवा ऐन, द्दण्ठढ मा भएको ब्यवस्था अनुसार स्वीकृत दरबन्दी रिक्त भएमा रिक्त रहेको पदका लागि लोकसेवा आयोगबाट पदपूर्ति गर्नुपर्ने र पद नहरेको अवस्थामा आवश्यकता र औचित्यका आधारमा O&M गरि पद सिर्जना गरि जानुपर्ने ब्यवस्था हुँदाहुँदै लेखा समूहका कर्मचारीहरुले कानून बिपरित प्रदेश सरकारलाई दबाव दिन आर्थिक बर्षको अन्तिममा काम नै छाडी आन्दोलन गरी अराजक बनेका छन् ।
कर्मचारीहरुको वृत्तिविकास हुनुपर्छ भन्नेमा दुईमत छैन तर कुनै अमुक समूहको स्वार्थलाई लिएर प्रदेश लोकसेवा आयोग र त्यसका सदस्यहरुलाई आफ्नो अनुचित माग पुरा गराउन राजनितिकरण गरेर बिभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशन गर्नेरगराउने कार्य गरी अराजकताको पराकाष्ठ नाघेको सम्बन्धित जानकारहरुले बताएका छन् ।
विद्यमान ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन नगरी, सम्मानित सर्वोच्च अदालत र उच्च अदालतको आदेशको अवहेलना हुनेगरी प्रदेश लोकसेवा आयोगको काम कारवाहीलाई प्रभावित पार्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिभिन्न मितिमा विज्ञापन स्थगन गर्न पत्राचार गरेको हुनाले प्रशासन समूहका कर्मचारीहरु असन्तुष्टी रहेको देखिन्छ जसले गर्दा पछिका दिनमा प्रशासन समूहका कर्मचारीहरुले पनि आन्दोलन गर्ने बताएका छन् ।
कुनै अमुक समूहको स्वार्थपूर्तिका लागि गरिमामय निकायको रुपमा रहेको प्रदेश लोक सेवा आयोग र त्यसका सदस्यहरुको साख गिराउने गरी गरिएका मिडियावाजीले समग्र प्रदेश प्रशासनलाई असर गर्ने कुरा प्रशासन विद्हरु बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१