०२ चैत्र २०८१, आइतबार

कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको तीन वर्षमा २ सय ४८ जनाको निःशुल्क शल्यक्रिया

Logo
News सोमबार, आषाढ १८, २०८१

विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । पछिल्ला तीन वर्षमा २ सय ४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसीलको उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको उनले बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड्रोसीलका बिरामीको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको शल्यक्रिया गर्ने लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसील भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा १ सय ३० जना हाइड्रोसीलका बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेकोमा १ सय २४ जनाको गरिएको छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसीलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोशीले विगत ७ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ७ हजार रुपैयाँ उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधीका लागि पुग्नेछ । कोशी अस्पतालमा हाइड्रोसीलका बिरामीको निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नपाएका कारण पनि लक्ष्यअनुसार बिरामी नआएको कोशी अस्पतालका मेसु डा. रविराज सिंहले बताए । अस्पतालले हाइड्रोसीलका बिरामीको लागि स्वास्थ्य शिविर पनि गर्दै आएको बताए । ‘शिविर गरेर हाइड्रोसीलका बिरामीको स्क्रिनिङ गरिन्छ । त्यसपछि अप्रेसन गरिनुपर्ने बिरामीलाई कोशीमा ल्याएर निःशुल्क शल्यक्रिया गर्दै आएका छौं,’ उनले भने ।

ग्रामीण क्षेत्रमा हाइड्रोसीलका बिरामी बढ्दैं मोरङको ग्रामीण क्षेत्रमा हाइड्रोसीलका बिरामी बढी रहेको पाइएको छ । विगतमा फाट्टफुट्ट रुपमा देखिएको यो रोग अहिले मोरङका ग्रामीण क्षेत्रमा देखिन थालेको हो । सुनवर्षी नगरपालिकामा मात्र ३ सय ३८ जनालाई हाइड्रोसील देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । विगतमा फाट्टफुट्ट रुपमा देखिएको यो रोग अहिले सुनवर्षीसहित मोरङको दक्षिण क्षेत्रमा प्रकोपकै रूपमा फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । मोरङको १७ स्थानीय तहमा हाइड्रोसील भएका १ हजार ५८७ जनामध्ये सबैभन्दा बढी सुनवर्षी नगरपालिकाभित्र हाइड्रोसील रोगका बिरामी बढी भेटिएका छन् । स्वास्थ्य कार्यालय मोरङले डा. विशाल देव र डा. कमलेश यादवको टोलीलाई हाइड्रोसील रोगको परीक्षणको लागि खटाएको थियो । मोरङको १७ वटा स्थानीय तहमा पुगेर गरेको परीक्षणको क्रममा सबैभन्दा बढी सुनवर्षी नगरपालिका भित्रका पुरुषहरुमा हाइड्रोसील रोग देखिएको कार्यालय प्रमुख डा. मेहताले बताए । सुनवर्षीपछि दोस्रोमा रतुवामाई नगरपालिका भित्र हाइड्रोसीलका बिरामी छन् ।

रतुवामाई नगरपालिका भित्र १ सय ५९ जनामा हाइड्रोसील रोग देखिएको डा. मेहता बताउँछन् । यसैगरी, तेस्रोमा धनपालथान गाउँपालिका भित्र हाइड्रोसील रोगका बिरामी देखिएको छ । धनपालथानमा १ सय ५८ जनामा बिरामी छन् । चौथोमा जहँदा गाउँपालिका भित्र १ सय ५७ जनामा हाइड्रोसील देखिएको छ । यसैगरी, बुढीगंगा गाउपालिकामा १ सय ४९, उर्लावारी नगरपालिकामा ३४, मिक्लाजुङ्ग गाउँपालिकामा २१, कटहरी गाउँपालिकामा ६८, ग्रामथानमा ३८, सुन्दरहरैचा नगरपालिमा १ सय ६, पथरीशनिश्चरे नगरपालिकामा ४३, केरावारी गाउँपालिकामा ३६ , लेटाङ नगरपालिकामा ५१ जनामा हाइड्रोसील रोगको पहिचान भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकामा ४९, रंगेली नगरपालिकामा ९६ जनामा हाइड्रोसील रोग देखिएको छ । ‘मोरङको ग्रामीण र दक्षिण क्षेत्रमा धेरै हाइड्रोसील रोगका बिरामी देखिएका छन्,’ स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. मेहताले थपे, ‘सहरी क्षेत्रमाभन्दा पनि ग्रामीण क्षेत्र र मोरङको दक्षिण क्षेत्रमा हाइड्रोसील रोगका बिरामी धेरै देखिए ।’ लामखुट्टेको टोकाइबाट हाइड्रोसील रोग हुने गरेको उनले बताए ।

‘सचेतनाको कमी, सावधानी नअपनाएको कारणले हाइड्रोसील रोगका बिरामी मोरङको ग्रामीण क्षेत्रहरुमा बढदो रहेका छन्,’ उनले भने, ‘हाइड्रोसीलको शल्यक्रिया गरे यो रोग निको हुन्छ ।’ ४० वर्षदेखि माथि उमेरका पुरुषमा हाइड्रोसील रोग बढी देखिएको उनले सुनाए । ‘हामीले १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका थियौं । उहाँहरु तालिम लिएपछि गाउँ–गाउँमा जाँदा हाइड्रोसील भएका बिरामी भेटिएका थिए पछि चिकित्सकसहितको टोली गएर परीक्षण गर्दा हाइड्रोसील रोग भएको पत्ता लागेको हो,’ उनले भने, ‘हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसीलले कहिले दुखाइ पैदा गराउँदैन् तर अण्डकोषको आकार भने ठूलो बनाउँछ ।’ नेपालमा हाइड्रोसीलका बिरामी करिब एक लाख रहेको अनुमान छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१