०३ चैत्र २०८१, सोमबार

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

Logo
News बिहिबार, आषाढ २१, २०८१

विराटनगर÷ विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ ।
बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कृषि औजार वितरण गर्नुभयो । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको मेयर नागेश कोइरालाले बताउनुभयो । महानगर क्षेत्रभित्र पनि कृषकहरुको संख्या धेरै नै भएकाले उनीहरुको प्रोत्साहित गर्न कृषि औजार वितरण गरिएको मेयर कोइरालाले स्पष्ट पार्नुभयो ।
वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आर्थिक महाशाखाका प्रमुख दीपक पौडेलसमेतको उपस्थितिमा भएको कार्यक्रममा महानगरले विराटनगर–१८ स्थित महिला बिऊ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नम्बर वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो । त्यस्तै न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ । विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बिउविजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१