०३ चैत्र २०८१, सोमबार

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाई –शपथ ग्रहण

Logo
News आइतबार, आषाढ २४, २०८१

मोरङ,२३ असारः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले तेह्रथुम जिल्ला निवासी महेन्द्रप्रसाद गुरागाईलाई आज प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्त गर्नु भएको छ।
प्रदेश प्रमुख खापुङ्गले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा(२)बमोजिम गठित सिफारिश समितिले सोही ऐनको दफा ३ को उपदफा (५)बमोजिम नियुक्त गर्नु भएको हो ।
विराटनगर उच्च अदालतका मुख्य न्यायाधिश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा अध्यक्ष गुरागाईलाई आज साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ्ग, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्ट, प्रदेशका मन्त्रीहरु, सुरक्षाका प्रमुखरु, प्रदेश लोकसेवा आयोगका सदस्यहरु, प्रदेशका निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१