०३ चैत्र २०८१, सोमबार

चतराधामको वृहत विकास गरिने– मुख्यमन्त्री कार्की

Logo
News मंगलबार, आषाढ २६, २०८१

       मोरङ,२५ असार ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको  प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ ।

       वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई  आज विराटनगरमा  सम्मान एवं प्रमाणपत्र वितरण  गर्दै उहाँले सरकारको यस वर्षको नीति तथा कार्यक्रममा यस क्षेत्रको विकासका लागि अध्ययन गर्ने,आधारहरु तयार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनु भयो ।

       कुम्भ भेला राष्ट्रिय भावना, धार्मिक , संस्कृति, पर्यटन एव राष्ट्रिय पूँजीको विकासको गर्ने महत्वपूर्ण  मेलाको रुपमा रहेको चर्चा गर्दै यस क्षेत्रमा विकासका लागि तीन तहको सरकारले अपनत्व लिएर कार्य गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनु भयो ।

       मुख्यमन्त्री कार्कीले मुलुकको मुख्य पर्यटन क्षेत्र भनेको धार्मिक पर्यटन हो भन्दै सङ्घीय सरकारले यस क्षेत्रको विकासका लागि गुरु योजना ल्याउनु आवश्यक भएको विचार राख्नु भयो ।

       उहाँले धार्मिक पर्यटकीय क्षेत्रको विकासबाट दुई छिमेकी मुलुक भारत र चीनबाट  एक दशकभित्र एक करोड भन्दा वढी पर्यटक भित्रिने विश्वास समेत व्यक्त्त गर्नु भयो ।

       मुख्यमन्त्री कार्की प्रदेश सरकारले आगामी वर्ष  २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रुपमा मनाउन लागेको निर्णय गरेको जानकारी गराउँदै आउँदो असोज महिनासम्म सुनसरीको धरानदेखि बराहक्षेत्रसम्मको बाटो कालोपत्रे गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।

       प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले यस क्षेत्रलाई धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताउनु भयो ।

       जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भले मुलुकको अर्थतन्त्र चलायमानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सरकारले यस क्षेत्रको विकासका लागि अपनत्व लिई कार्य गर्नुपर्ने सुझाव दिनु भयो ।

       कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मूल समारोह समितिका उपाध्यक्ष इन्दिरा रिजालले कुमभ मेलामा विश्वका हिन्दु पर्यटकहरु  ठूला सङख््यामा आगमन भएको  जानकारी दिनु भयो ।

      

      

      

             

      

      

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१