

असार २५, झोराहाट
ग्रामाथान गाउँपालिका – २ झोराहाट स्थित गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रलाई कृषि विकास बैंक कोसी प्रदेशले मञ्चमा देखिएका फर्निचरहरू उपलब्ध गराएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैंक कोशी प्रदेशका प्रमुख रञ्जन खनालले कृषि विकस बैंकको अवधारणा सहित फर्निचर हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा अतिथिको रूपमा बैंकका तर्फबाट सुरेन्द्र अधिकारी, ठाकुरप्रसाद ओझा, जीवन घिमिरे, पंकजमणी पौडेलको समेत उपस्थिति थियो । समाजसेवी कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई सदस्य नीमा नेपालले स्वागत सम्मान गरेकी थिइन् । ग्रामथान -२ का वडा सदस्य गोपाल न्यौपानेले कृषि विकास बैंकको यो कार्यप्रति हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
यो वर्षायाममा पनि उक्त समारोहमा गाउँलेहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रमलाई संस्थाका अध्यक्ष प्रयाग न्यौपानेले संचालन गरेका थिए ।