

मोरङ,७ साउन ः नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि आज मोरङको जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ।
मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोह बीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका नायव प्रहरी उपरीक्षक बीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गर्नु भयो ।
मोरङको केरावारी गाउँपालिका देखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकहरुलाई वढीको समयमा उद्धारका लागि उक्त सामाग्री उपयोगी हुने बताइएको छ ।
जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले जनधनको उद्धारमा सामाग्री उपयोगी हुने विचार राख्नु भयो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र संजय कामतले विपदको समयमा नागरिकको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नु भयो ।
सोही अवसरमा पालिकाका कर्मचारीहरुलाई रवर वोट सञ्चालन सम्बन्धी तालीम तथा अभ्यास गराइएको थियो ।