०३ चैत्र २०८१, सोमबार

बार्षिक कार्य प्रगति विवरण सार्वजनिकीकरण

Logo
News मंगलबार, साउन ०८, २०८१

विराटनगर, श्रावण ८ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक बर्ष २०८०र०८१ को बार्षिक कार्य प्रगति विवरण प्रत्रकार सम्मेलन मार्फत सार्वजनिकीकरण गरेको छ । आज दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका वीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा बार्षिक कार्य प्रगति विवरण सार्वजनिकीकरण भएको हो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामुलक कार्यक्रम लगायत प्रहरीले गरेका नविनतम कार्यहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित संचारकर्मीहरुबाट उठेका जिज्ञासाहरुको प्रदेश प्रहरी प्रमुख खापुङले सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, सिनियर प्रहरी अधिकृतहरु तथा बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१