विराटनगर ÷ विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्षसमेत रहेका युवाकवि मीनकुमार नवोदित, आयोजक संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहाल, साहित्यकार देवी पन्थी, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी काव्यगोष्ठीमा कवि हरि कट्टेल, प्रयाग न्यौपाने, उमेश लुइँटेल, मीनकुमार नवोदित, लक्ष्मी रायमाझी, भवानीप्रसाद पोखरेल, रोहिणी रसिक, रेनुका राई, उमानाथ भट्टराई, आयुष्मा कार्की, लक्ष्मी पोखरेल, प्रिन्स प्रमोद ढकाल, मदन भण्डारी, रामप्रसाद दाहालले सिर्जना वाचन गरे । त्यस्तै शरद प्रधानाङ्ग, शान्त भट्टराई, बरुण मिश्र, चन्द्रकान्त भट्टराई, रञ्जना कोइराला, मञ्जुरी भट्टराई, नानुमैया दाहाल, पुष्पा सायरा, ऋषि तिवारी, भूपाल अधिकारी, कुमार श्रेष्ठ, आज्ञा राई, अनुप कार्की, आकृति राई, मणि दाहाल, कस्मित खतिवडा, विश्वनाथ भट्टरार्ई, केशव रिजाल, वासुदेव नेपाल, चित्रप्रसाद दाहाल, शिखर भट्टराई, सुजा चापागाईं, शुभकुमारी राई, सुजाता राईलगायत चार दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना कविता, मुक्तक, गजल, गीत प्रस्तुत गरेका थिए ।
साकोसले हरेक महिनाको तेस्रो शनिबार नियमित साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष मञ्जु घिमिरे दाहालले जानकारी दिइन् । स्रष्टाहरुलाई मञ्च प्रदान गर्नका लागि तेस्रो शनिबार दाहाल प्रतिष्ठानको सभाहलमा एकजना साहित्यकारलाई सम्मानसहित काव्यगोष्ठी निरन्तर रुपमा सञ्चालन गरिने उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराट साहित्य संगमका संस्थापक अध्यक्ष बलराम पोखरेल, विशिष्ट अतिथि कवि एवं पत्रकार, पत्रकार वरुणकुमार मिश्र, साहित्यकार देवी पन्थी, आयोजक संस्थाका उपाध्यक्ष भूपाल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।