०१ चैत्र २०८१, शनिबार

महावाणिज्य दूत बनाउने गरी ढुंगानाको परराष्ट्रमा सरुवा

Logo
News आइतबार, बैशाख २३, २०८१

२३ वैशाख, काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागमा महानिर्देशक फेरेको छ । माओवादीको रोजाइमा रहेका चक्रबहादुर बुढा राजश्व अनुसन्धान विभागमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई सजिलो हुने भन्दै बुढालाई राजश्व अनुसन्धानमा लगेका हुन् । राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री मातहतमा छ । केपी शर्मा ओलीको कार्याकालमा यो विभाग प्रधानमन्त्रीको मातहतमा लगिएको थियो ।

अर्थमन्त्री भएपछि पुनले अर्थ मन्त्रालय र मातहतका विभागहरूमा सेट नै परिवर्तन गर्ने सोच बनाएका थिए । मन्त्रालयमा सेटिङ मिलाएपछि प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमा विभागमा पनि नेतृत्व परिवर्तन गरिएको हो । अर्थमन्त्री पुन भने अर्कैलाई विभागमा लाने तयारीमा थिए । अर्थ मातहतका निकायमा नेकपा एमालेले पनि भाग खोजेकाले पुनलाई सोचे जसरी सेट मिलाउन सजिलो भएको छैन ।

सेट मिलाउने क्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् । उनलाई कलकत्ताको महावाणिज्य दूत बनाएर पठाउन परराष्ट्रमा लगिएको स्रोतको भनाइ छ । विभागमा पुगेका बुढाको हालै मात्र पर्यटन विभागबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । अहिले त्यहाँबाट विभागमा पठाइएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१