०३ चैत्र २०८१, सोमबार

विराटनगर नाकाबाट हुने कपडाको तस्करी रोकिएन

Logo
editor2 आइतबार, साउन २०, २०८१

विराटनगर । विराटनगर नाकाबाट हुने कपडाको तस्करी दिन प्रतिदिन मौलाउँदै गएको छ । विराटनगर भन्सारलाई मुख्य आधार बनाएर कपडालगायत सर्टिङसुटिङको कारोबार गर्दै आएका केही तस्करहरूले पछिल्लो समय भन्सार गस्ती र सीमा सुरक्षा समेतको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ मिलाएर कपडा तस्करी गरिरहेका छन् ।

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरीले हालै विराटनगरसहित मेची भन्सारका भन्सार एजेन्टकै संलग्नतामा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तयारी कपडामा व्यापक राजस्व छली हुने गरेको उजुरीपछि कपडा तथा जुत्ता नियन्त्रणमा लिएर कारबाही गरेको छ । उक्त प्रकरणपछि अहिले भारतीय सुरक्षाकर्मीको सहयोगमा राजस्व इटहरीले धमाधम तस्करी भएका तयारी फेन्सी कपडासहित सर्टिङसुटिङका कपडा पक्राउ गर्न थालेको छ । सोसँगै सीमा सुरक्षादेखि भन्सार तस्करी नियन्त्रणको जिम्मा बोकेको सशस्त्र प्रहरीको बीओपीसँग केही तस्करहरूको भएको सेटिङ भण्डाफोर हुुन पुगेको छ । समाचार स्रोतका अनुसार विराटनगर भन्सार र मेची भन्सार झापाबाट जाँचपास भई छुटेका फेन्सी कपडा र जुत्ता राजस्व अनुसन्धान कार्यालय सुनसरीले नियन्त्रण लिई कारबाही गरेसँगै भारतीय सुरक्षाकर्मीले पनि ठूलो मात्रामा कपडालगायतका सामानहरू पक्राउ गरेको छ ।

भारतीय सीमा शुल्क विभागले नेपाल ल्याउन लागेको करिब आठ लाख मूल्य बराबरको कपडा पक्राउ गरी जफत गरेको बाहिरिएसँगै पछिल्लो समय तस्करहरूले डरलाग्दोरूपमा सेटिङ गरी धन्धा चलाएको रहस्य खुुलेको छ । भारतीय बजार विराटनगरसँगै जोगबनी नजिकै नेपाल–भारत सीमा रहेको छ । उक्त क्षेत्रबाट तस्करहरूले अटो रिक्साबाट समेत कपडा नेपालतर्फ ल्याउने गरेका छन् । भारतीय कस्टमका अनुसार अहिले नेपालमा सशस्त्र प्रहरीको सीमासुरक्षा युुनिट परिवर्तन भएसँगै दैनिक नेपालतर्फ एक करोडभन्दा बढीको कपडा तस्करी हुने गरेको छ । कपडालगायतको तस्करी बढ्नुमा नेपाल प्रहरीको जिल्ला नेतृत्वदेखि सशस्त्र प्रहरीको बीओपी प्रमुखहरूको परिवर्तनसँगै तस्करबीच सामिप्यता बढ्न पुगेपछि तस्करी मौलाएको दाबी स्रोतले गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१