

विराटनगर । विराटनगरको पुष्पलाल चोकपूर्व घिनाघाटको निर्माणाधीन नयाँ पुलबाट भारतीय नम्बर प्लेट बीआर ०६ जीडी ५४४४ नम्बरको एउटा ट्रक खसेको छ ।
तीब्र गतिमा पुष्पलाल चोकतर्फ आउँदै गरेको भारतीय ट्रक पुलबाट गएराती करिव ११ बजेतिर पुलबाट ट्रक खसेको हो । पुरानो पुलमा अड्किएका कारण ट्रक सिंघीया खोलामा खस्न भने पाएन ।उक्त ट्रक नयाँ पुलको रेलिङ भत्काउँदै पुरानो पुलमाथि खसेको छ । पुरानो पुलबाट ठूला सवारी साधन अवरुद्ध भएको छ । नयाँ पुल पनि पूर्ण रुपमा सञ्चालनमा आइसकेको छैन ।