०५ चैत्र २०८१, बुधबार

दृष्टिको नक्कली कागजपत्र बनाएर अष्ट्रेलियाका लागि भिषा एप्लाई !

Logo
editor2 शनिबार, साउन २६, २०८१

काठमाडौं । दृष्टि मिडियाको नामका केही व्यक्तिले नक्कली कागजपत्र बनाइ अष्ट्रेलियाका लागि भिषा अप्लाई गरेको पाइएको छ । दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पोर्टल दृष्टिन्युजको परिचय पत्र , वर्किङ एक्सपियरेन्स लेटर लगायतका नक्कली कागजपत्र बनाई अष्ट्रेलियाका लागि भिषा अप्लाई गरिएको पाइएको हो ।

भारतको नयाँदिल्लीस्थित अष्ट्रेलियन उच्च आयोगले जानकारी गराएअनुसार बाग्लुङका कृष्ण भण्डारी, पर्वतका नामबहादुर पुन, धादिङका सुरेन्द्र तामाङ र बाग्लुङकै थम प्रकाश छन्त्यालले दृष्टिन्युजको परिचयपत्र लगायतका कागज पत्र पेश गरी भिषा अप्लाई गरेको पाइएको हो ।

उनीहरुले अप्लाई गरेको कागजपत्र अष्ट्रेलियन उच्च आयोग नयाँदिल्लीले दृष्टि मिडियालाई उपलब्ध गराएको छ । ती फेक कागजपत्र ‘भेरीफाई गरिदिन’ भन्दै अष्ट्रेलियन उच्च आयोगले दृष्टि मिडियालाई उपलब्ध गराएको हो । जसमा उनीहरुले सम्पादक, रिपोर्टर, क्यामेरामेन लगायतको आफूखुसी दर्जा दिएका छन् भने ती कागजपत्रमा दृष्टि मिडियाको छाप र हस्ताक्षर नक्कली गरिएको छ ।

ती कागजपत्र सरकारी लोगोसमेत प्रयोग गरिएको छ । नब्बे हजारदेखि एक लाख पाँच हजार रुपैयाँसम्म तलव लिएको कागज पत्र उनीहरुले पेश गरेका छन् ।

यसअघि पनि केही व्यक्तिबाट दृष्टिको नाममा ठगी गर्ने प्रयासहरु नभएको होइन । तर, यसपटक एकैसाथ चार जनाले दृष्टिको नक्कली कागजपत्र बनाइ अष्ट्रेलियाका लागि भिषा अप्लाई गरेको पाइएको हो ।

यस विषयमा दृष्टि मिडियाले प्रेसकाउन्सिलमार्फत् सीआईबीमा छानबीन गर्न अनुरोध गर्ने भएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१