०८ पुष २०८१, सोमबार

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’: कोइराला

Logo
editor2 आइतबार, साउन २७, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो ।

मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरु बढ्दै जानु चिन्ताको विषय भएको चर्चा गर्नुभयो । अभिभावकहरु सचेत भएमा युवाहरु कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताउनुभयो ।

‘देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ,’ उहाँले थप्नुभयो, ‘बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ । तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिन्छ ।’ मेयर कोइरालासहितको टोलीले स्थानीय युवा, पार्टीका नेता तथा कार्यकर्ताहरुसित समेत भेटघाट गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१