विराटनगर , बैशाख २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अलपमतमा रहेको पार्टीले सरकार छोड्नुपर्ने कुरा बताउनु भएको छ ।
कोशी प्रदेश सरकारमा देखिएको अन्याैलपुर्ण अवस्थाको विषयमा आफ्नो धारणा राख्दै उक्त कुरा बताउनु भएको हो । तर कोशी प्रदेश सरकार गठन हुँदा जुन अवस्था र परिस्थितिमा सरकार बनेको थियो त्यो आधारमा अब मध्याबधि बाहेक प्रदेश सरकारसँग अर्को विकल्प नभएको धारणा वहाँले ब्यक्त गर्नुभएको थियोे ।
नेपालको संविधान अनुसार धारा पाँच अन्तर्गत अन्तिम विकल्पकाे सरकार बनेको हुँदा सबै दल मिलेर सरकार चलाउने र सबै दल मिल्न नसकेमा र सरकार अल्पमत परेरमा मध्यावधि घोषणा गरेर ताजा जनादेश लिने अवस्था कोशी प्रदेशमा देखिएको कुरा नेता केसीले बताउनु भयो ।