विराटनगर ५
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इन्डस्ट्रिज एसोसिएसन पटनाका बीचमा भगिनी सम्बन्ध कायम भएको छ वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र एसोसिएसनका अध्यक्ष पी एस केसरी बीच मंगलवार भारतको पटनामा भएको एक कार्यक्रममा सो सम्बन्ध स्थापित गरिएको हो। कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको महासंघ कोशी प्रदेशको आर्थिक
विकासमा क्रियाशील भएर लागि पर्ने बताए । महासंघ कोशी प्रदेशले यस प्रदेशमा उद्योग व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको व्यान्तरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्द आइरहेको छ ।
बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुयाउने बिहार इन्डस्ट्रिज एसोसिएसन पटना र महासंघ कोशीबीच स्थापना हुने भगिनी सम्बन्ध अब दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्द्धन हुने अध्यक्ष राउतले विश्वास व्यक्त गरे । यस
सम्बन्धबाट व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत तहमा संयुक्तपणा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र भारतको विहार राज्यका बीच व्यापार क्षेत्रमा लाम पुग्ने विश्वास गरिएको छ। आगामी भदौ २७ देखि ३० गतेसम्म विराटनगरमा हुने
कृषि एस्वपोका लागि उक्त एसोसिएसनबाट सहभागिता रहनुका साथै कृषिका प्राविधि कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इन्डस्ट्रिज एसोसिएसनका अध्यक्षले प्रतिवद्धता जनाएको पनि अध्यक्ष राउतले जानकारी दिए ।