विराटनगर, १३
सरकारले भारतबाट सहुलियतमा चिनीको आयात गर्न इच्छुक व्यवसायीलाई सूचना जारी गरेसँगै चिनीको व्यापारमा सक्रिय हुँदै आएका व्यवसायीहरुले कृतिमरुपमा चिनीको अभाव सिर्जना गर्न थालेका छन् । चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन पल्केका चिनी व्यवसायीले
भारतद्वारा चिनी आयातमा प्रतिबन्ध लगाएको बहाना बनाएर चिनीको हाहाकार मच्चाएर चिनीमा कालोबजारी सुरु गरेका हुन् । सुनसरीमा इस्टर्न सुगर मिल सञ्चालन गर्दै आएको विराटनगरको गोल्छा समूह र विशाल समूहको व्यवसायी ग्रुपदेखि चिनीको ट्रेडिङ कारोबारीहरु समेतको संलग्नतामा भारत सरकारले चिनी निर्यात रोकेको भन्दै कार्टेलिङ शुरु गरेको साना व्यवसायीहरुले बताएका छन् । सरकारले सहुलियत भन्सारमा चिनीको आयात खोलेको सूचना सार्वजनिकपछि ती व्यापारीहरु मिलेर चिनीको अभाव सिर्जना गरेका छन् चिनी व्यवसायीले चिनीको कृत्रिम अभाव सिर्जना
गरी चर्को मूल्य असुली गर्न थालेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले जानकारी दिएका छन् । कोरिडोरमा रहेका बिस्कुट उद्योगदेखि चकलेट र जुस उद्योगका लागि मात्रै दैनिक १० हजार मेट्रिक टनभन्दा बढी नै चिनीको आवश्यकता पर्ने गरेको छ अब यथाशीघ्र भारतबाट चिनी आयात गर्न सकिएन भने अधिकांश कन्फेक्सनरी, चकलेट र जुस बनाउँदै आएका उद्योगहरू बन्द हुने अवस्थामा रहेको एक उद्योगीले बताए ।
चिनीको ट्रेसिड
कारोबारीबाट महँगो मूल्यमा चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने ती उद्योगीको भनाइ छ पछिल्लो समय चिनीका कारोबारीहरूले सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ गरी चिनी कारोबारीहरूले ट्रकका ट्रक अवैध चिनी आयात गर्ने गरेका छन् । तर उनीहरूले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर अभाव सिर्जना गरी मूल्य बढाउन चलखेल गरेको उपभोक्ताहरुको आरोप छ । साल्ट ट्रेडिङले
आफूसँग भएको मौज्जात चिनीले १५ दिन धान्न पनि नसकिने र नयाँ टेन्डरबाट आउने चिनी आयात गर्न कम्तीमा एक महिना लाग्ने जवाफ दिने गरेको खुद्रा व्यवसायीले बताएका छन् ।सरकारले चिनी आयातको टेन्डर आह्वानमा ढिलाइ गरेको र उक्त चिनी आउन एक महिना लाग्ने भन्दै चिनी माफियाहरुले ब्रमलुट मच्चाउन उद्यत रहेको गुनासो पनि खुदा व्यवसायीहरूको छ । स्रोतका अनुसार भारत सरकारले चिनी निर्यात रोक्नुभन्दा अगाडि नै
चिनी व्यवसायीहरूले विराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्यान्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेट्स आदि मुलुकबाट ठूलो परिमाणमा चिनी आयात गरी स्टोर गरेर राखेको छन् । यदि अब नयाँ टेन्डरबाट आयात गर्ने भनिएको चिनी आउन ढिला हुने अवस्थामा स्टोर गरेर राखेको सबै चिनी सरकारले आफ्नो नियन्त्रणमा लिएर सहुलियत मूल्यमा उद्योगदेखि उपभोक्तासम्मलाई उपलब्ध गराउनुपर्ने अवस्था बन्दै गएको कोरिडोरका उद्योगीहरूले बताएका छन् । अन्यथा सबै कन्फेक्सनरी, चकलेट र जुस उद्योग बन्द हुने कोरिडोरका उद्योगीहरुको भनाइ छ ।
विराटनगरबाट चिनीको आयात गर्ने व्यवसायीहरु नै लामो समयदेखि चिनीदेखि मटर र मरिचको आयातमा पनि सलग्न रहेको जानकारहरुले बताएका छन् । विराटनगरमा अरबिन्द स्टोर्स, विजयदिप इन्टरनेसनल र एसबी एन्ड सन्स चिनी आयातका लागि अग्रपङ्क्तिमा रहेका छन् । यी व्यवसायी फर्महरु विराटनगरबाट लामो समयदेखि समय आफू अनुकूलको कारोबार गरी कमाउन सक्रिय रहने गरेको व्यवसायीहरुले बताएका छन् ।