०५ चैत्र २०८१, बुधबार

कोशी अस्पतालमा जापान सरकारद्वारा आँखा उपचारका लागि उपकरण प्रदान

Logo
संवाददाता आइतबार, भाद्र १६, २०८१

मोरङ – जापान सरकारले विराटनगरस्थित कोशी अस्पताललाई आँखा उपचार सेवाका लागि १ करोड ६० लाख रुपैया बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ।

विराटनगरस्थित अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा जापानी राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले आँखा उपचारको स्तरबृद्धि गर्नका लागि सातवटा ठूला र अन्य उपकरण उपलब्ध गराएका हुन्।

अस्पतालका विकास समिति अध्यक्ष डा. फरवर्ड सिलवालका अनुसार ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत जापानले अनुदानमा अस्पताललाई उपकरण प्रदान गरेको हो।

बिरामीको सफल उपचारका लागि अस्पतालले स्रोत र साधनसहित गुणस्तरीय उपकरण जुटाउदै आएको अध्यक्ष डा. सिलवालले बताए। प्रदेशकै ठूलो अस्पतालका रुपमा परिचित कोशीमा आँखाको उपचारका लागि मोरङबाट मात्र नभएर आसपास र पहाडी जिल्लासँगै भारतबाट समेत बिरामी आउने गरेको अध्यक्ष डा. सिलवालले जानकारी दिए।

अस्पतालकी आँखा विभाग प्रमुख डा. आश्मा केसीका अनुसार जापान सरकारले मोतियाविन्दु र जलविन्दुको उपचारका लागि विभिन्न सातवटा उपकरण र अन्य सामाग्री प्रदान गरेको जानकारी दिइन्। तीन महिनादेखि मोतियाविन्दुको शल्यक्रिया हुँदै आएको बताएकी विभाग प्रमुख डा. केसीले भनिन्, ‘हामीकहाँ स्वास्थ्य बीमाबाट उपचार सुरु गराउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ। बीमासँगै अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई समेत सेवा दिँदै आएको छ। अहिले जापान सरकारले उपलब्ध गराएको उपकरणले बिरामीको उपचारमा थप सहजता हुनेछ।’

उनका अनुसार हस्तान्तरण भएका सामग्रीअन्तर्गत ओपिडीमा पाँच वटा र अपरेसनका लागि २ वटा उपकरण छन्। हस्तान्तरण गरिएका उपकरणले आँखाको प्रेसर, अल्ट्रासाउण्ड, आँखाको पर्दा परीक्षण, शल्यक्रिया, आँखाको मोटाइ नाप्ने, आँखामा भएको पावर परीक्षण लगायतमा प्रयोग हुनेछ।

हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, अस्पतालका मेसु डा. रविनराज सिंहलगायतको उपस्थिती रहेको थियो। कोशी अस्पतालमा आँचा उपचारका लागि ६ जना चिकित्सक कार्यरत छन्। अस्पतालमा दैनिक ३५ देखि ४० जना नेपाली र गैह्र नेपाली नागरिक उपचार सेवाका लागि पुग्ने गरेकाछन्। अस्पतालमा वार्षिक ३ लाख बिरामीले विभिन्न रोगको उपचार सेवा लिँदै आएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१