०५ चैत्र २०८१, बुधबार

विराटनगर महानगरले मनायो तीज

Logo
संवाददाता बिहिबार, भाद्र २०, २०८१

विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर भाषा, कला र संस्कृतिमा धनी महानगरपालिका भएको बताउनुभएको छ ।

तीज पर्वका अवसरमा महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न १२२ जातजातिको बसोबास रहेको बताउनुभयो । १२२ वटै जातिको आ–आफ्नै भाषा, कला र संस्कृति भएको बताउँदै मेयर कोइरालाले भन्नुभयो, ‘ती सबै जातजातिलाई सांस्कृतिक रुपमा तीज पर्वले एकताबद्ध बनाएको छ ।’

मेयर कोइरालाले महानगरपालिकाले सबै भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने बताउनुभयो । तीजलाई खर्चिलो र भड्किलो हुनबाट जोगाउनुपर्ने चुनौतीसमेत देखिएको उहाँको भनाइ थियो । मेयर कोइरालाले भन्नुभयो, ‘सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणीहरु आउने गरेको छ । त्यस्ता टिकाटिप्पणी नआउने गरी सभ्य र मर्यादित रुपमा मनाउन सबैलाई आग्रह पनि गर्दछु ।’

उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघिल्लो वर्ष पनि तीज विशेष कार्यक्रम गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध बलियो हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले कर्मचारीहरुलाई कार्यसम्पादनमा थप हौसला र ऊर्जा प्राप्त हुने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापा, वातावरण शाखा प्रमुख राकेश ठाकुरलगायतसमेतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर कार्कीले तीज एउटा निश्चित समुदाय र महिलाको मात्रै हो भन्ने भाष्य चिरिँदै गएको बताउनुभयो । उहाँले सबै समुदायले साझा पर्वका रुपमा तीजलाई ग्रहण गरिसकेको दाबी गर्नुभयो । कार्कीले तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रहसमेत गर्नुभयो ।

कानुन शाखाकी प्रमुख शारदा थपलियाले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति सहभागीहरुले तीजसँग सम्बन्धित विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरका महिला जनप्रतिनिधि, महानगरअन्तर्गत सबै कार्यालयका महिला कर्मचारी, महिला स्वयंसेविका, महिला नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१