२९ फाल्गुण २०८१, बिहिबार

अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक

Logo
संवाददाता बिहिबार, भाद्र २७, २०८१

विराटनगर । मधेश तराईमा बसोबास गर्ने आदीवासी गनगाई जातिको लोक संस्कृति तथा अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक गरिएको छ ।
गणपति म्युजिक प्रालिको आयोजनामा मोरङको कटहरी – २ स्थित जीवन विकास समाजको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ट्रेलर म्युजिक सार्वजनिक गरिएको हो ।
सो अवसरमा सन्तोष सरकारद्वारा निर्देशित उक्त चलचित्रका निर्माता, सह-निर्माता र कलाकारहरूलाई संघीय सांसद योगेन्द्र मण्डल र पूर्वउपप्रधानमन्त्री बद्रिप्रसाद मण्डलले सम्मान गरेका थिए ।
ठूलो पर्दामा निर्माण भएको सो चलचित्रमा ४ वटा गीतहरू छन् । मुख्य निर्माता जीवन विकास समाज, सह-निर्माता जहदा वडा नम्बर ३ र धनपालथान गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको चलचिक्रको लागत १५ लाख रहेको बताइएको छ । कार्यत्रममा प्रदेश सांसदहरू गयानन्द मण्डल र लखी गणेशको पनि उपस्थिति रहेको थियो ।
कोशी भिजन फिल्म इटहरीद्वारा छायाङ्कन तथा सम्पादन गरिएको कर्तव्य आर संघर्ष चलचित्रमा नायकको भूिमकामा विकेशकुमार मण्डल र नायिकाको भूमिकामा आराधना मण्डल छन् ।यस्तै गौरी शंकर मण्डल, रिबोल मण्डल, पवन मण्डल, प्रेमकुमार लगायतको भूमिका रहेको छ । सो चलचित्रको पहिलो प्रिमियर सो भने असोज १२ गते विराटनगरको सिटी सिनेमा हल तीनपैनीमा हुने गणपति म्युजिक प्रालिका व्यवस्थापक तथा नियन्त्रक पवन मण्डलले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१