०६ बैशाख २०८२, शनिबार

महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित

Logo
संवाददाता बिहिबार, भाद्र २७, २०८१

विराटनगर ÷ विराटनगर महानगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रुपमा रहेको करुणा फाउण्डेसन नेपाललाई सम्मान गरेको छ ।
विराटनगर महानगरपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । मेयर कोइराला, उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ८ का राम पोखरेल, ११ का तीर्थेन्द्र नेउपानेलगायतको उपस्थितिमा भएको कार्यक्रममा फाउण्डेसनले अपाङ्गताको क्षेत्रमा गरेको कार्यप्रगतिका विषयमा स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत मीना अधिकारीले प्रकाश पार्नुभएको थियो । महानगर क्षेत्रभित्र २ हजार ७३८ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ । फाउण्डेसनले आर्थिक वर्ष २०७७÷७८ देखि विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको थियो । फाउण्डेसनको कार्यअवधि सकिएर विराटनगरबाट विदाइसमेत भएको छ । महानगरले फाउण्डेसनका अन्य कर्मचारीलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा मेयर नागेश कोइरालाले करुणा फाउण्डेसनले विराटनगरमा अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले फाउण्डेसनलाई जति नै धन्यवाद दिए पनि कमी हुने बताउनुभयो । उपमेयर शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाले थुप्रै संघसंस्थासँगको सहकार्यमा कार्य गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गताका क्षेत्रमा करुणा फाउण्डेसनले विराटनगरमा कहिल्यै बिर्सनै नसक्ने गरी काम गरेको उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगरमा करुणा फाउण्डेसनले देखिने र सधैं स्मरण गर्ने गरी काम गरेको चर्चा गर्नुभयो । महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिम दिएर स्वरोजगार बनाएको जानकारी दिनुभयो । फाउण्डेसनका निर्देशक दीपक सापकोटाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समय अवधि सकिएकाले विराटनगरबाट विदा हुँदा धेरै नै दुःख लागेको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा अन्य कार्यक्रममार्फत विराटनगर महानगरसित जोडिने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरले जग्गा उपलब्ध गराए अर्टिजम भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१