२९ चैत्र २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री दाहालद्वारा कृषि एक्स्पो अवलोकन

Logo
संवाददाता शनिबार, भाद्र २९, २०८१

पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिन सक्ने बताएका छन् ।
शनिबार विराटनगर आएका प्रचण्ड नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुगेका थिए । प्रचण्डलाई महासंघ कोसी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीले स्वागत गरेका थिए । उनले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासंघ प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।
महासंघका अध्यक्ष राउतले कोसी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा भेला पारिएको पूर्वप्रधानमन्त्रीलाई जानकारी गराएका थिए । राउतले भने,“ कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न र अबका योजना पहिल्याउन एक्स्पो सहयोगी हुनेछ ।”
प्रचण्डले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउँदै कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको सुनाए । उनले भने,“हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौं । अब पनि प्रयास गरिरहने छौं ।” त्यस अवसरमा महासंघ अध्यक्ष राउतसहित पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१