०५ चैत्र २०८१, बुधबार

विवादित भारतीय एमडिएच मसलाका कारोबारी नौलखाको नयाँ व्यवसाय

Logo
संवाददाता सोमबार, आश्विन ०७, २०८१

विराटनगर । भारतबाट उत्पादन हुुँदै आएको एमडीएच मसलाको कारोबारमा गर्दै विराटनगरको श्रीकृष्ण ट्रेडर्सका सञ्चालकले नयाँ कारोबार सुरु गरेका छन् । सरकारले एमडीएच मसलाको व्यावसायिक कारोबारमा प्रतिबन्ध लगाएपछि सो फर्मका सँचालकले कारोवार नै परिवर्तन गरेका हुन् ।

सो फर्मका मुख्य सञ्चालक अरुण नौलखाले पछिल्लो समय विराट हेल्थ फुड प्रोडक्टका विभिन्न उत्पादनहरू बजार पठाउने गरेका छन् । विराट हेल्थले फापरको पिठो, लिटो, चनाको सातुु र जहुको पिठो समेत उत्पादन गर्ने गरेको छ । स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय विराटनगरमा मूल्य अभिवृद्धि करसहित आयकर समेतमा ३०५७००३९३ नम्बरबाट २०६८ सालमा नै दर्ता कायम भएको श्रीकृष्ण ट्रेडर्सले वार्षिक ११ करोडभन्दा बढीको कारोबार गर्ने गरेको थियो । तर सो कम्पनीले कारोबार भने न्यून देखाएर राजस्व छली गर्ने गरेका कारण उसको व्यावसायिक कारोबारमाथि नै धेरै पटक अनुसन्धान भएको खुलेको छ ।

उक्त फर्मको सञ्चालकमा सारिका जैनको नाम दर्ता कायम गरिएको रेकर्ड देखिए पनि सो फर्मको सम्पूर्ण कारोबार र बजार व्यवस्थापनको जिम्मेवारी अरुण नौलखाले गर्दै आएका छन् । भारतीय ब्रान्डको उक्त मसला नेपालमा आयात गरी कारोबार गर्दै आएका नौलखालाई भारतीय मसला आयातमा सरकारले प्रतिबन्ध लगापछि भने केही राहत भएको बताउन थालिएको छ । किनभने सञ्चालक नौलखालाई केही वर्ष अगाडि राजस्व चुहावट भएको आशंका गर्दै सरोकारवाला निकायबाट व्यापक अनुसन्धान गरी सचेत समेत गराएको थियो ।

तीनै व्यवसायी नौलखाले ठूलो–ठूलो रकममा मसलाको आयात गर्दा नै विशेष गरी मुल्य अभिवृद्धि करमा राजस्व चुहावट गर्ने गरेपछि अनुसन्धानमा पर्ने गरेको स्रोतहरूले बताएका थिए । नौलखाले श्रीकृष्ण ट्रेडर्सको नाममा गरेको कारोबारको विवरण चित्तबुझ्दो नभएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले व्यापक अनुसन्धान गरेको कार्यालय उच्च स्रोतहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१