विराटनगर ÷ नेपाली कांग्रेस ताप्लेजुुङले २६ बुुदे सहकारी कार्यविधि सहितको ज्ञापनपत्र कोशि प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामलाइ बुुझाएको छ ।
सोमबार कांग्रेसको टोलिले गृहजिल्ला आइपुुग्नुुभएका मन्त्री हाङगामलाइ किशानका समस्याहरु संम्बोधनको माग राख्दै ज्ञापन पत्र बुुझाएको हो ।
उक्त २६ बुुदे ज्ञापनपत्रमा अलैचिबोर्डको स्थापना, महगी नियन्त्रणमा आधारित कृषि कार्यक्रम, अरर्गेनिक सटिफीकेशन , वेरानउस निर्माणगरी प्याकेजिङको वस्थापन, योजना छनौटमा नभइ माटोमा लगानी , कार्यअनुभवको आधारमा वर्गीकरण, कृषि तथा पशुुबिमा योजना लागु गर्नुपर्ने माग छ ।
त्यसैगरी भुुमिहिन तथा सुुकुम्बासी कृषिकहरुको पहिचान , सहकारीमा राज्यको फितालो तथा कानुुन अनुुगमन हुन नसक्नुु, सहकारीको निती नियम र उदेश्यको आधारमा सामुुहिक खेती , सहकारी संस्थाहरु अर्थतन्त्रको खम्बाहरु मध्ये ,एक हुुन जसलाइ आधारमानी सहकारी संस्थामा आधारित साझा व्यवसय, जनघनत्व र उत्पादन अनुुपातका आधारमा कृषि बजारको व्यवस्था, जडिबुुटी खेतीबाट अर्थतन्त्रमा बृद्धि , राष्ट्रीय तथा अन्तरास्ट्रीय स्तरमा दक्षता र्सृजनागर्ने , दुध तथा मासुुउत्पादन प्रर्बधनमा जोड , छुुर्पी निर्यातलाइ संस्थागत गरी गुुणस्तर बृद्धि र बजारीकरण, माटो सुुहाउदो मल तथा सिचाइको व्यवस्थाको माग राखेका छन ।
त्यसैगरी स्थानीय तहका सबै वडाहरुमा अनिवार्यरुपमा पशुुतथा कृषी प्रविधिकिको व्यवस्था , नयाँ तथा आधुुकि प्रविधिबाट खाद्यन्न तथा फलफुुलखेति बिस्तर, किशानले उतपादनगरेको कृषि उपजलाइ बजार ल्याउन कृषि एम्बुुलेन्सको व्यवस्था गनुुपर्ने, पहडी इलाका जमीन यन्त्रीकणमा परिणत , अल्लो , खाँडी , ढाका तथा विभिन्न उद्योगहरुले उत्पादनगरेको बस्तुको बजारीकरण, कृषि ऋणमा व्याजअनुुदान , मदिराको बोतल सार्वजनकि स्थलबाट ,बाटा, खोला खोल्सीमा बिर्सजन गर्र्नाले पर्यावरणमा परेको व्यापक असरको न्युनकिरण गर्ने मागहरु थिए ।
ज्ञापन पत्र बुुझाउनेहरुमा संयोजक तथा नेपाली कांग्रेस ताप्लेजुुङका जिल्ला सदस्य भिमबहादुर गुरुङ , कांग्रेस ताप्लेजुुङका जिल्ला सदस्य शान्ति मादेन , नेपाल किशान महासंघका नेता तिलप्रसाद सुुब्बा ,कृष्ण कुुमार बस्नेत, घनेन्द्र गुुरुङ, भिङमारे लिम्बुु , नन्दराज भारती , उद्योग बाणीज्य माहासंघ, इन्द्र सुुनवार लगायतका छन ।