विराटनगर÷ करिब आधादर्जन प्रधानमन्त्री जन्माएको विराटनगरले शक्तीकेन्द्र र राजनीतिक पहिचान गुुमाए संगै उद्योगिक नगरि समेत मृतअवस्थामा पुुग्नसक्ने खतरा देखिन थालेको छ ।
ठिक त्यस्तै मुलुकमा औद्योगिक करणको सुरुवात गर्ने विराटनगरले औद्योगिक पहिचान पनि यसबेला गुमाउँदै गएको छ । यो औधोगिक नगरीमा नयाँ उद्योग खुलेका छैनन् । खुलेका उद्योगपनि बन्द हुने र उत्पादन कटौती गर्नेक्रम बढ्दो छ । निकासी व्यापार हरेक वर्ष घट्दो छ । उद्योगी व्यवसायी यहाँबाट पलायन हुनेक्रम रोकिएको छैन ।
औधोगिक राजधानीको सुनसरी–मोरङ औधोगिक क्षेत्रमा साना ठुला गरेर ६ सय उद्योग छन । ती मध्ये आधा उद्योगले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । ती उद्योगको अर्बौं रुपैयाँ बजारमा उधारो छ । त्यो रकम नउठ्दा उद्योगनै धराशायी भएका छन् । पुराना उद्योग बन्द हुँदै छन् नयाँ खुल्ने स्थिति छैन । अहिले मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल सहित यहाँका सयभन्दावढी ठुला साना उद्योग बन्द भइसकेका छन् ।
कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरले विराटनगर जुुटमिल स्थापना भएयता ‘औद्योगिक राजधानी’ को पहिचान बनाएको थियो । औद्योगिक करिडोरमा अहिले साना–ठूला गरी ६ सय भन्दाबढी उद्योग सञ्चालनमा छन् । तिनमा हजारौं मजदुरले रोजगारी पाएका छन् । तर यसवेला ति सवै उद्योग आफनो अस्तित्वका लागि संघर्ष गरिरहेका छन् ।
मुलुकको कूल ग्रार्हस्थ्य उत्पादन ४२ अर्ब ६६ अर्ब हुँदा कोशी प्रदेशको योगदान १६ प्रतिशत थियो । मुलुकको उत्पादनशील उद्योगको योगदान १ खर्ब ८९ अर्ब हुँदा कोशि प्रदेशको योगदान करिब २१ प्रतिशत थियो । तर यो तथ्य अब इतिहास बन्यो । औद्योगिक नगरमा नयाँ उद्योगका नाममा पछिल्लो समय एक रुपैयाँपनि लगानी थपिएको छैन । भएका उद्योग बन्दको संघारमा छन् । आद्योगिक नगरमा उत्पादन र व्यापार दुबै सुस्त छ । पुर्खाको पालामा विराटनगरले औद्योगिक राजधानीको पहिचान बनाएको थियो । अहिलेको पुस्तामा आएर त्यो पहिचान गुम्दै गएको छ ।
बिराटनगरको औधोगिक शाख जोगाउन आवश्यक पहल गर्न यहाँका उद्योगी व्यवसायीले हरेक प्रधानमन्त्री, अर्थमन्त्री र गन्नेचुन्ने सबै राजनीतिक दलका प्रमुखलाई पटक–पटक हात जोडेर बिन्ती नगरेका होइनन् । उनीहरु सबैले मौखिक उधारो आश्वासन मात्र दिदा यहाँको उद्योग धन्धा संकटग्रस्त भयो ।
आर्थिक वर्ष २०७९÷८० को तुलनामा गतवर्ष जोगवनी नाकाको निकासी व्यापार साढे ८ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो वर्ष यो नाकाबाट ३९ अर्ब ३३ करोड वरावरका सामान निकासी हुदा गत वर्ष ३० अर्ब ८१ करोड रुपैयाँमा झरेको तथ्याङक सार्वजनकि भएको छ । यो नाकाबाट निकासी हुने मुख्य २० वस्तुमा प्रशोधित पाम तेल, भटमासको तेल र सुर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यान, जुटका झोला र वोर, जुटका कपडा, स्टेपलफाइवरको सिउने धागो, कोरुगोरेटेड सीट जस्तापाता, राँगा भैसीको तयारी छाला, कोटेट नगरिएको क्राफ्ट पेपर र पेपर बोडको निकासी ह्वात्तै घटेको तथ्याङक समेत सार्वजनिक भएको छ । औद्योगिक क्षेत्रका उद्योगमा झण्डै डेढ खर्ब रुपैयाँ लगानी छ । ती उद्योगले प्रत्यक्ष रुपमा करिब ४५ हजारलाई र अप्रत्यक्षरुपमा लाखौंलाई रोजगारी दिएका छन् । मूलतः यहाँका उद्योग पूर्णप्रशोधित उत्पादनमूलक हुन् ।
निकासी व्यापारको बढी सम्भावना भएका मुख्य मुलुकमा भारत र चीन छन् । यी दुई मुलुकसँग सिधा भौगोलिक सम्बन्ध जोडिएको कोशी प्रदेश निकासी व्यापारको ठूलो सम्भावना बोकेको प्रदेश भए पनि राज्यको संयन्त्र फितलो हुँदा यहाँको औधोगिक क्षेत्र अगाडी बढन नसकेको निष्कर्ष उद्योगिहरुको छ ।