विराटनगर÷ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले शुुशासन दिनसक्नुुपर्ने बताउनुुभएको छ ।
शनिबार मोरंङको बेलबारीमा आयोजीत नेपाल भुुतपुुर्व शैनीकसंघ मोरङको प्रथम जिल्ला अधिवेशनलाइ संम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले सरकारले जनताको अपेक्षा अनुुसार काम गर्न नसकेको महसुुस हुुनथालेको बताउदै यो सरकारको गठबन्धन लामो समय सम्म चल्ने बताउनुुभयो ।
नेता कोइरालाले आगामी चुुनाव सम्म यो सरकार चल्ने सरकार ढल्ने सपना नदेख्न विपक्षीहरुलाइ चेतावनी दिनुुभयो ।
आर्थिक विकास, शुुसासन , र स्थिरताकालागी कांग्रेस र एमालेको गठबन्धनमा यो सरकार बनेको उल्लेख गर्दै विपक्षीदलहरुले भनेजस्तो गरी सरकार नढल्ने बताउनुुभयो ।
उनलेभने,‘यो सरकार ढल्दैन चल्छ तर सरकार सरकार जस्तो भएर सुुशान दिनसक्नुुपर्छ,।
अर्काे प्रशंमा नेता कोइरालाले २०८२ साल मंशिर भित्र कांग्रेसको वडा तहदेखि केन्द्र सम्मको महाधिवेशन भइसक्नुु पर्ने बताउदै क्रियाशिल नविकरण र नयाँ क्रियाशिल बितरणमा भइरहेको बिषयमा शंसय व्यक्त गर्नुुभयो, तोकेकै मितिमिा महाधिवेशन नभए कांग्रेस कम्जोर हुुने बिस्वास व्यक्त गर्नुुभयो ।
कार्यक्रममा मोरङ कांग्रेसका कार्यवाहक सभापती भक्तीनाथ माझि, मोरङ कांग्रेसका उपसभापती तथा विराटनगर महानगरपालिकाका प्रमुुख नागेश कोइराला,कांग्रेस कोशिका कोषध्यक्ष राजेश गुुप्ता, पुुराना नेता वशन्त भट्टराइ, क्षेत्र न. १ का सभापती शंकर राइ लगायतले बोल्नुु भएको थियो ।