

मोरङ जिल्लाको प्रहरी प्रमुखको रुपमा नारायण चिमरिया आएका छन् । चिमरिया अघि राजन लिम्बूलाई मोरङ प्रहरीको प्रमुखमा पठाउने प्रहरी प्रधान कार्यालयको निर्णय उल्टिएको छ ।
चिमरिया प्रहरी सेवामा प्रवेश गरेको २६ औं वर्षमा १२ औं कार्यालय प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुुखको जिम्मेवारी सम्हाल्न आएका हुुन ।
संयुक्त राष्ट्रसंघको दुई वटा स्टिमोर तथा हाइटी मिशनको अनुभव सम्हालिसकेका उनी प्रदेशको राजधानी रहेको मोरङको कार्यालय प्रमुख हुनुअघि ११ वटा कार्यालयका प्रमुख भइसकेका अनुभवी ब्यक्ति हुन् ।
२०५५ सालमा सेवा प्रवेश गरेपछि प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी बिर्तामोड, दमक, चक्रघट्टी, दुहबी र छोटो अवधी रानीको कार्यालय प्रमुख भएका थिए । उनले धनुषा र धादिङमा ट्राफिक प्रहरी प्रमुख भएर पनि उनले काम गरेको बताइएको छ । उपरीक्षकमा बढुवा भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगर बसेका उनी गत वर्ष विशेष सुरक्षा गण दुहबीको नेतृत्वमा गएका थिए । एउटा कार्यालय नेतृत्वबाट तत्काल अर्को नेतृत्वमा जान क्षमतावान बाहेक कमै अधिकृतले पाउने गरेका छन् ।