०८ पुष २०८१, सोमबार

शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने

Logo
News शुक्रबार, कार्तिक ०९, २०८१

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताएका छन् । उपचार केन्द्र सञ्चालनका लागि गङ्गालाल हृदय रोग अस्पतालबीच सम्झौता गर्ने निर्णय भएको उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै भने, “सङ्घीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग पनि यस विषयमा कुरा भइसकेको छ । चाँडै गङ्गालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको छ ।”

यस्तै कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ । “सडक भएकै स्थान वरपर रहेका झोलुङ्गे पुल स्थानीय तहको समन्वय र मागको आधारमा स्थानान्तरण गर्ने निर्णय भएको छ”, मन्त्री राईले भने ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका योजनाका विषयमा योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय भएको छ । “क्रोनिक योजना निर्माणमा भइरहेको ढिलाइबारे योजनास्थलमै सवै पक्षसँग छलफल गर्ने निर्णय भएको छ”, उनले भने ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१