विराटनगर\ नेपाली कांग्रेस कोशी प्रदेशले कचनकवल–सगरमाथा जागरण अभयिान गर्ने जानकारी दिएको छ । कांग्रेस कोशीका प्रवक्ता यदुकुमार विष्टले प्रदेश बैठकले निर्णय गरेको जानकारी दिदै अभियान तयारीलाई तीव्रता दिनका लागी सबै नेता कार्यकर्ताले सहयोग गर्नुपर्ने बताए ।
मुलुकको होचो भूभाग कचनकवल रहेको झापादेखी अग्लो शिखर सगरमाथा रहेको सोलुखुम्बु जल्लिासम्म एक सय दनिको अभियान सुरु गरिने जानकारी दिए । उनका अनुसार सो अभियानले पार्टीको तल्लो तहदेखि प्रदेश र केन्द्रसम्मको सम्बन्धलाई विस्तार गर्ने र पार्टीलाई मजबुद बनाउनेछ।
सो अभियानलाई सहयोग पुयाउन प्रदेशका ५६ नर्विाचन क्षेत्रमा प्रतिनिधि खटाउने उनको भनाइ छ। अभियानको संयोजकसमेत रहेका विष्ट अनुसार अभियानले ८४ सालमा हुने निर्वाचन कांग्रेसको भूमकिालाई थप सशक्त बनाउने वश्विास लिए । मंसरि २२ गते विराटनगरमा हुने प्रदेशको प्रथम सम्मेलनमा पार्टी सभापती शेरबहादुर देउवाले सहभागतिा जनाउने छन ।
पार्टी सभापतीको प्रमुख आतथ्यितामा हुने प्रदेशको प्रथम भेलापछी कचनाकवल–सगरमाथा अभियान सञ्चालन हुने छ ।
प्रदेशको पहलिो बैठकमा राजनीतकि, सांगठनकि र आर्थिक प्रस्ताव तयार गर्न प्रदेशका महामन्त्रीद्वय उमेश थापा, भुपेन्द्र राई रहने बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले मंसरि १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसलाइ जिताउन स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।