विराटनगर\आसन्न स्थानीय उपनिर्वाचनमा कांग्रेसका उमेदवार बलराम सरदार (थारु)ले स्वर्गीय अध्यक्ष जयप्रकाश गच्छदारको अधुुरा बिकास निर्माणका काम पुुरा गर्न पार्टीले उमेदवार बनाएको बताएका छन । मोरङको ग्रामथान गाँउपालिका वडा न. २ मा आयोजित चुुनावि कोणसभालाइ सम्बोधन गर्दै उमेदवार थारुले ग्रामथान गाँउपालिकालाइ समबृद्ध र सम्मुुन्नत बनाउन कांग्रेसलाइ चुुनाव जिताउन आग्रह गर्नुुभयो ।
उहाँले कृषि,सडक, विद्युुत , पिउने पानि , स्वास्थ्य, शिक्षा, तथा मानब संसाधनको बिकास गर्ने प्रतिबद्धता जनाउदै कांग्रेसलाइ चुुनाव जिताए मात्र बिकासका संभब हुुने बताउदै पार्टीलाइ चुुनाव जिताउन लाग्न सबैलाइ आग्रह गर्नुभयो । ग्रामथानमा कांग्रेसको घर–दैलो र मतमाग्ने काम चलिरहेको बेला ग्रामथान गाँउपालिका वडा न. २ बुुथले जायोजना गरेको कोणसभा भव्य र सभ्य थियो । व्यापक रुपमा जनसहभागिता रहेको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापती डिग बहादुुर लिम्बुुले मोर्चा सम्हाल्नुु भएको छ ।
कार्यक्रमलाइ संम्बोधन गर्दै लिम्बुुले ग्रामथानको बिकास र सम्बृद्धिकालागी बलराम सरदारलाइ जिताउन आवाश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस कि केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेसको बिकल्प अरु हुुनै नसक्ने बताउदै ग्रामथानको बिकासको जिम्मा कांग्रेसले लिने उल्लेख गर्दै कांग्रेसको उमेदवारलाइ चुुनाउ जिताउन आग्रह गर्नुुभयो ।
कार्यक्रमा ग्रामथान गाउँपालिका २ का निर्वार्चीत वडा सदस्य तथा नेता गोपाल न्यौपानेले स्वर्गीय जयप्रकास गच्छदारले धेरै बिकास निर्माणका कामहरु गरेको बताउदै अब अधुुरा काम बलराम सरदार थारुले गर्ने बताउनुु भयो । न्यौपानेले स्वर्गीय अध्यक्ष गच्छदारले एम्बुुलेन्स, १५ शैयाको अस्पताल, विभिन्न पाँच दर्जन बढी सडकहरु कालोपत्रे , १५ दर्जन बढी भित्रि सडकहरु ग्राभेल गर्ने काम सम्पन्न गर्नुका साथै एक दर्जन भित्रि सडकहरुको ट्र¥याक खोल्ने काम सम्पन्न भइसकेको बताउनुु भयो ।
कोण सभामा बोल्दै नेपाली कांग्रेस कोशि प्रदेश सदस्य तथा ग्रामथान निर्वाचन चुुनाउ प्रचार प्रसार समितिको अर्थ संयोजक सुुर्यनारायण माझीले ग्रामथानको बिकासकालागी बलराम सरदारको बिकल्प नभएको बताउदै बिकासको एक मात्र बिकल्प भनेको कांग्रेस भएको बताउदै कांग्रेसका उमेदवारलाइ जिताउन आग्रह गर्नुुभयो । कार्यक्रममा पुुर्वसांसद भोटनी देखि खवास, कविता सरदार, मोरङ कांग्रेसका सचिब ललित श्रेष्ठ लगायतको सहभागिता थियो । कार्यक्रम नेपाली कांग्रेस वडा न २ का वडा सभापती दशनलाल माझीको सभापतीत्वमा सम्पन्न भएको थियो ।