विराटनगर\आसन्न स्थानीय उपनिर्वाचनमा ग्राथान गाउँपालिकाको अध्यक्षमा १७ जनाले उमेदवारी दिएका छन ।
बिशेष बाजा गाजा र झाँकी सहित भव्य जुुलुुस लिएर मुुख्य निर्वाचन अधिकृतको कार्यलय पुुगेका दलका नेताहरुले उमेदवारी दर्ता गरेका हुुन ।
मुुख्य राजनीतिक दलहरु नेपाली कांग्रेसबाट बलराम सरदार थारु , एमालेबाट तुुलसीराम बिस्वास , माओवादी केन्द्रबाट नमोनारायण माझी सहित नागरिक उन्मुुक्ती पार्टी , रास्वपा, राप्रपा, जनमत , स्वतन्त्र सहित गरेर १६ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेसका उमेदवार बलराम सरदार थारुको उमेदवारी दर्तामा ग्रामथान ५ का धिरेन्द्र बिस्वासले प्रस्ताब गर्नुभएको थियो भने समर्थकमा ग्रामथान २ का गणेश लुुइटेल रहनुुभएको थियो ।आज उमेदवारको उमेदवारी दर्ताभएसंगै ग्रामथान चुुनावमय बन्दै गएको छ । यो उपचुुनावमा अब अड्कल बाजी पनि शुुरु गर्न थालिएको छ ।
बिशेषगरी मुुख्य तिन दल (एमाले, कांग्रेस , माओवादी )का बिचमा कडा प्रस्तिस्प्रर्धा रहने देखिएको छ । तर ग्रामथान गाँउपािलका नै नेपाली कांग्रेसको बचस्वमा रहेको हुुदा अन्य दललाइ कांग्रेसको बर्चस्वतोड्न धेरै पापड बेल्नुपर्ने
देखिएको छ ।
विगतमा नेपाली कांग्रेस भित्र हुुने गरेका घात अन्तरर्घात र विद्रोहले अरु पार्टीले फाइदा लिदै बिजय हासिल गरेको देखिएपनी यस पटक नेपाली कांग्रेसले आफ्नो उमेदवार सर्वसम्मत चयन गरेपछी उसको बिजय सुुनिश्चीत जस्तो आजको उमेदवारीको झलकमा देखिएको छ ।
सडक छेउका चिया पशल र गाउँका साना तिना गफहरुमा चुनावी चर्चाका कुुराले महत्व पाउन सुुरु गरेको देखिन्छ । चौक–चौकमा विभिन्न पार्टीहरुका झन्डा, तुुल र व्यानर प्रयोगगरेर उमेदवारहरुले प्रचार गरेर आफ्नो पक्षमा माहोल बनाएर मत आकर्षीत गर्ने प्रयासमा लागेको देखिएको छ ।