०५ चैत्र २०८१, बुधबार

२ करोड ४६ लाख आयकर बुझाउने हायरपर्चेज आराका विराटनगरद्वारा सम्मानित

Logo
News शुक्रबार, मंसिर ०७, २०८१

विराटनगर। ‘कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ ।

कर सप्ताह समापनमा सहभागीहरुले समृद्ध निर्माणमा सबैको योगदान, यथार्थ कर, विकासको भर, मान्नु पर्दैन प्रशासनको डर, स्वच्छ कर प्रशासन विकास र सुशासन, नलुकाइ आय तिरौं कर, कर प्रणालीको सार, लगानीको आधार, करदाताको सही पहिचान, भन्ने नारा सहित शुरु भएको कर सप्ताहको समापनमा सबै भन्दा बढी आयकर बुझाउने एम.ए.डब्लु हायरफर्चेजलाई समापन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र कार्यालय प्रमुख भुपालराज शाक्यले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । उक्त फर्मले २ करोड ४६ लाख आयकर बुझाएर उत्ृकष्ट करदाता घोषित भएको जानकारी दिइएको थियो । कार्यक्रममा प्लेकार्डसहित प्रभात फेरिमा सहभागि भएको पाइएको छ ।सो कार्यक्रमका प्रमुख अतिथि एवं प्र.जि.अ. प्रेमप्रसाद भट्टराईले राज्यको नीतिगत व्यवस्थाका कारण करको अवस्था अझै पनि चित्त बुझ्दो हुन नसकेको कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रमा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, उद्योग वाणिज्य महासंघ प्रदेश समितिका राजश्व प्रमुख देवकी नंदन अग्रवाल, चार्टड एकाउन्टेण्ड अश्विन वंशल लगायतले समापन समारोह आ–आफ्नो धारणा राख्नु भएको थियो । कर सप्ताह समापनमा बोल्दै विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले कर प्रणाली सुधारका लागि कर दातामैत्री बनाउनु पर्ने भन्दै करदातालाई कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुु भएको थियो ।

समापन समारोहलाई धन्ष्जाद ज्ञापन गर्दै प्रमुख कर अधिकृत भुपालराज शाक्यले अझै पनि कार्यालयले लक्ष्य अनुसारको राजश्वमा असुलीमा प्रगति गर्न मेहनत गर्नुपर्ने देखिएको कुरा बताउनु भएको थियो । अहिले सम्मको कर संकलनको अवस्था हेर्दा आफु संतोषजनक अवस्थामा रहेको जानकारी दिनु भएको थियो । साथै आज यस कार्यक्रममा उपस्थित भई सफलता पूर्वक सहयोग गर्नु हुने प्रमुख जिल्ला अधिकारी लगायत वरिष्ठ व्यक्तिहरुलाई धन्यवाद दिदै आगामी दिनमा राजश्व संकलनका लागि उद्योगी, व्यवसायीबाट आफुले सहयोगको अपेक्षा गरेको कुरा बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१