०५ चैत्र २०८१, बुधबार

बिराटनगर जेसीजको ५२ औ अध्यक्षमा दाहाल निर्वाचित

Logo
news शनिबार, मंसिर ०८, २०८१
बिराटनगर जेसीजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसीजको ५२ औ अध्यक्षमा सन २०२५ का लागि प्रीतेशराज दाहाल निर्वाचित भएका छन । त्यसतै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कबिराज दाहाल ,तालिम निर्देशकमा सुभाष भण्डारी कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई  ,  उपाध्यक्षमा अनुज दाहाल ,मनोज तिवारी , शिवराज पोखरेल , रिजन सिग्देल    र जनसम्पर्क अधिकारीमा अभिषेक गौतम निर्वाचित भएका छन ।
बिराटनगर जेसीज ५२ औ बर्षमा पुगेको र यसको अध्यक्ष बन्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको र २० औ बर्ष सम्म आफुले जेसीजमा बिताएको समय प्राप्त गरेको अनुभव र नयाँ शसक्त टिम भएकाले अब चाडै नयाँ  योजनाहरु लिएर आउने , नेतृत्व र ब्यक्तित्व बिकास गराउने सस्था भएका कारण सोही अनुसारका गतिविधि बर्ष भरि नै सन्चालन गरिने , युवालाई उधम सङ्ग जोड्न नयाँ नयाँ योजनाहरु स्थानीय तह औद्योगिक घराना सीप मुलक तालिम प्रदान गर्ने सस्थासगको समन्वयमा संचालन गर्ने  जानकारी दिए ।
नेपाल जेसीजको अधिबेशन सम्पन्न हुन भन्दा एक महिना   अघि नै शाखा अधिबेशन गर्न पर्ने प्रावधानका कारण समयमा नै निर्वाचन प्रक्रिया सम्पन्न गरिएको , यस बर्ष उमेदवार तालिम बिराटनगर भन्दा बाहिर बेलका रिसोर्टमा सम्पन्न गरिएको जानकारी दिदै निर्वाचन आयुक्त  अभिनास थापाले सफलता पुर्वक अधिबेशन सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए
त्यस्तै बिराटनगर जेसिजका बर्तमान अध्यक्ष तुलसी निरौलाले  चाडै नै  पदस्थापना कार्यक्रम संचालन गरि पद हस्तान्तरण गरिने जानकारी दिए । आफ्नो कार्यकाल मा महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्दै उत्कृष्ट कार्यकालका रुपमा  सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफ्नो साथ बिराटनगर जेसीजलाई  रहने र आफू हातेमालो गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।।।
निर्वाचन प्रक्रियामा बिराटनगर जेसीजका पुर्व अध्यक्ष , बिराटनगर जेसिज बर्ष २०२४ को बोर्ड , बिराटनगर जेसीजका सदस्यहरु , विभिन्न संघ सस्थाबाट पाल्नु भएका प्रतिनिधिहरु पत्रकार , समाजसेवि लगायतको उपस्थित रहेको थियो ।
एक ब्यक्ती एक कार्यकाल  र एक पद रह्ने र हरेक बर्ष निर्वाचन प्रकृया बाट नया बोर्ड गठन हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम  निर्वाचन प्रक्रियाबाट नया बोर्ड गठन भएको नव निर्वाचित जन सम्पर्क अधिकारी अभिषेक गौतमले  बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१