विराटनगर\विराटनगरका मुुख्य सडक र भित्री सडकहरुमा कुुदै गरेका मालबाहक सवारी साधनहरुलाई मोरंग ट्राफिक प्रहरीले ‘ओभरलोड’ को नाममा जरिवाना असुलेर दुःख दिने गरेको गुनासो उद्योगि तथा ब्यवसायीले गर्न थालेका छन ।
सुनसरी–मोरङ औद्योगिक करिडोरको लागि कच्चा पदार्थ बोकेर आएका मालबाहक सवारी साधनहरुलाई मोरङ ट्राफिक प्रहरीले ओभरलोडको नाममा जरिवाना असुलेर दुःख दिने गरेको कुुरा उद्योगि तथा ब्यवसायीले बताउन थालेका छन । विराटनगर भन्सार कार्यालयबाट नापचाँज भएर मालबाहक गाडीहरु दैनिक २ सय ५० हाराहारीमा सवारी साधन निस्किने गरेको जानकारी पनि उद्योगिहरुले दिएका छन । यसरी निस्कीएका मालबाहक सवारी साधनहरुलाई ट्राफिक प्रहरीले ओभरलोडको नाममा दुई हजार रुपैयाँसम्म जरिवाना लिने र अनाहकमा रोकेर दुःख दिने गरेको कुुरा भन्सार एजेन्ट संघका केन्द्रीय सचिब प्रविण जोशीले पनि आर्थिक दैनिकलाई जानकारी दिएएका छन । उनले गृह मन्त्रालयले २०७६ वैशाख २७ गते भन्सारबाट नापजाँच भएका मालबाहक सवारी साधनहरुलाई सडकमा नरोक्नु भनेर पत्रचार गरेको भएपनि अहिले आएर मोरंग ट्राफिकले रोक्ने र दुुख दिने गरेको कुुरा बताएका छन ।
ट्राफिक प्रहरीलाई मासिक रुपमा रकम बुझाएका केही उद्योगका सवारी साधानहरुलाई भने प्रहरीले कुनै पनि चेकजाँच नगर्ने आरोप पनि लागेको छ । ट्राफिक प्रहरीलाई मासिक बुझाएको व्यापारीको उद्योगमा आएको मालबाहक सवारी साधानलाई कुनैपनि चेकजाँच हुँदैन भन्ने सम्मको जानकारी नाम उल्लेख नगर्ने शर्तमा अर्का एक भन्सार एजेन्टले दिएका छन । मोरङ ट्राफिकमा प्रहरी प्रमुख भएर प्रहरी निरीक्षक राजन लम्साल आएपछि ट्राफिक प्रहरीले सवारी साधानहरुलाई कुनै न कुुनै बहाना बनाएर असुुलीको धन्धा नै चलाएको कुरा पीडितहरुले बताएका छन । निरीक्षक लम्सालले प्रदेश राजधानी विराटनगर प्रबेश गर्ने मुुख्य नाकाहरुमा आफनो मातहतको पुुष्पलाल चौक ट्राफिक युुनिटमा प्र.स.नी. निलमणी पोखरेल,हाटखोला युुनिटमा प्र.स.नी. लिला न्यौपाने,नेमुुवा ट्राफिक युुनिटमा प्र.स.नी योगेन्द्र खड्का,गछिया ट्राफिक युुनिटमा प्र.स.नी. किशोर निरौलालाई लामो समय देखी एउटै युुनिटमा राखेर ओभरलोडका नाममा ब्यापक असुुली गरीरहेको दावी समेत समाचारस्रोतहरुले गरेका छन । यसरी पछिल्लो समय मोरंग ट्राफिक प्रहरीले ओभरलोड लगायत अन्य विभिन्न बहानामा अनावश्यक रुपमा दुःख दिएर हैरानी बनाएको भन्दै भन्सारका एजेन्टहरुले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख बिनोद घिमिरलेलाई समेत भेटेर आवश्यक कार्वाहीका लागि अनुुरोध गरेको कुुरा भन्सार एजेन्टहरुले बताएका छन ।