०५ चैत्र २०८१, बुधबार

विराटनगरमा रोजगार मेला हुँदै

Logo
News बिहिबार, मंसिर २७, २०८१

विराटनगर । विराटनगरमा रोजगार मेला हुने भएको छ । पुस १ र २ गते विराटनगर महानगरपालिकाले मेला आयोजना गर्ने भएको छ । मेला बिहान १० बजेदेखि बेलुका ४ बजे सम्म सञ्चालनमा हुने भएको छ । रोजगार मेलामा बेरोजगार उमेर पुगेका नागरिकहरुले फारम भर्न पाउने भएका छन् । उक्त मेलामा युवा युवतिहरुको सङ्ख्या धेरै हुने अनुमान समेत गरिएको छ ।

विराटनगर महानगरपालिकाले विरेन्द्र सभा गृहको वडा नं.७ स्थित दक्षिण तर्फ इको पार्कमा रोजगार मेलाको आयोजना गर्ने भएको छ ।महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारि गराएका थिए ।

उक्त मेलाले करिब ३ सय १७ जनालाई रोजगार उपलब्ध गराउने लक्ष्य राखेको आयोजक कमिटिले बताएको छ । वैदेशिक पलायनलाई रोक्ने रोजगार मेलाको मुख्य लक्ष्य रहेको मेयर कोइरालाले बताएका छन् । गत बर्ष २०८० मा आयोजना गरिएको पहिलो रोजगार मेलाबाट १ सय ९७ जनाले रोजकार पाएका थिए ।

पहिलो मेला २०८० मा ३ हजार २ सय जना सर्वसाधारणले रोजगार मेलाको अवलोकन गरेका थिए । अलिले २०८१ मा ५ हजार भन्दा बढि सर्वसाधारणले रोजगार मेलाको अवलोकन गर्ने आकलन गरिएको छ । रोजगार मेलामा ३० वटा स्टल रहने भएका छन् ।

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट मार्फत नै रोजगार मेलाको नाममा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले त्यही रकमबाट बेरोजगारलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ महानगरले रोजगार मेलाको आयोजना गर्न लागेको हो । महानगरपालिकाले उद्योगी एवं व्यापारिक प्रतिष्ठान, शिक्षा, स्वास्थ्य र होटेल तथा रेस्टुरेन्टमा बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराउने आकलन गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१