०५ चैत्र २०८१, बुधबार

विराटनगरमा महानगर रोजगार मेला सुरु

Logo
News सोमबार, पुष ०१, २०८१

विराटनगर । विराटनगरमा आज सोमबारदेखि दुई दिने महानगर रोजगार मेला सुरु भएको छ । महानगरमा रहेका बेरोजगार युवाहरुलाई केहि हदसम्म रोजगारी प्रदान गर्नका साथै वैदेशिक पलायनलाई केहीपनि रोक्नको लागि उक्त मेलाको आयोजना गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ३ सय जना भन्दा बढी बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने गरी महानगर रोजगार मेलाको आयोजना गरिएको बताएका छन्।

मेयर कोइरालाले २०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट १ सय ९७ जना युवा युवतीलाई रोजगार उपलब्ध गराइएको बताए ।

महानगर रोजगार मेलामा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली सहित महानगर पालिकाका वडा अध्यक्ष र कर्मचारीहरूको उपस्थित रहेको थियो । विराटनगर महानगरपालिकाले वडा नं. ७ स्थित विरेन्द्र सभा गृहको दक्षिण तर्फ इको पार्कमा महानगर रोजगार मेलाको आयोजना गरिएको छ । जहाँ ३० भन्दा बढी स्टलबाट बेरोजगार युवा युवतीलाई चाहिएको रोजगारको बारेमा फारम भर्ने काम भइरहेको छ ।आयोजना गरिएको रोजगार मेलाको मंगलबार समापन हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१