विराटनगर ÷ मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी सहितको टोलीले नेपाल विद्युतप्राधिकरणको कोशी स्थित प्रादेशिककार्यालय, विराटनगरका नवनियुक्तकार्यालय प्रमुख ई. मुनेन्द्र ठाकुरलाई भेटघाट गरी उद्योगहरुकाविद्यमानविद्युतआपूर्तिका समस्या र त्यसकाप्रभावहरु बारे अवगत गराउँदै त्यसको समाधानार्थ ध्यानाकर्षण गराउनु भएको छ ।
भेटघाटका क्रममाअध्यक्ष राठीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रकाउद्योगहरुमाहाल अघोषित रुपले लोड सेडिङ, ट्रिपिंङ तथाअपर्याप्तविद्यूतआपूर्ति हुने गरेकोले यहाँकाउद्योगहरुले ठूलो आर्थिक क्षतिव्यहोरिरहेको जानकारी गराउनु भएको थियो । प्राधिकरणका त्यस प्रकारका अनिर्धारित र अनियमितविद्यूतआपूर्तिका कारण उद्योगहरुमामिल मेशिनरी, औजार, प्रविधि, कच्चापदार्थ, तयारी वस्तु आदिविग्रने एवं नष्ट हुने, श्रमिकहरुको कार्यगति र व्यवस्थापनमाअवरोध पुग्ने, उत्पादित वस्तुको गुणस्तर र क्षमतामाह«ास आउने लगायतकाप्रत्यक्ष समस्याहरु उत्पन्नभई उद्योगहरु अनपेक्षितव्ययभारको चपेटमा परिरहेको अध्यक्ष राठीले बताउनु भएको थियो ।
साथै, वहाँले त्यसबाट उत्पादित वस्तुहरुको लागतखर्च उच्चहुने, प्रतिष्पर्धी क्षमताएवं मुलुकको उत्पादकत्व घट्ने तथात्यसको नकारात्मकप्रभावउद्योगी, श्रमिक, आमउपभोक्ताहुँदै मुलुकको अर्थतन्त्र सम्म पर्ने गरेको ईंगितगर्दै उक्त समस्याहरुलाई यथाशिघ्र समाधान गराउनआफ्नो स्तरबाट तत्कालै आवश्यककदमचाल्नप्रादेशिकप्रमुखलाई अनुरोध गर्नु भएको थियो ।
सो प्रतिप्राधिकरणका प्रदेश प्रमुखले तीविषयहरुमाआफू पनि केहि हदसम्मजानकार रहेको बताउँदै त्यसकालागिआफूले यस क्षेत्रकाप्राधिकरणका कार्यालय प्रमुखहरुसँग आन्तरिक बैठक बसी समस्याको वास्तविकताको अध्ययन गरी समस्यानिराकरणका लागिआवश्यककदमचाल्ने तथाउद्योगीहरुसँग पुनःप्रतिक्रियालिने आश्वासनदिनु भएको थियो ।
टोलीमा संघका अध्यक्षअनुपम राठी सहितमहासचिव संजय श्रेष्ठ, का.का. सदस्यअमित राठी, प्रमुखकार्यकारी अधिकृत कृष्ण रेग्मीलगायतको सहभागिता रहेको थियो ।