०८ पुष २०८१, सोमबार

ज्योति ट्रेडर्समा राजस्वको छापा प्रकरण

दुुई महिनासम्म अनुुसन्धान नसकेर व्यवसायीसँग बार्गेनिङ !
Logo
News सोमबार, पुष ०८, २०८१

विराटनगर ।राजस्व अनुुसन्धान कार्यालय इटहरी सुुनसरीले दुई महिना अगाडि विराटनगरको भृकुुटी चोकमा रहेको ज्योति ट्रेडर्समा छापा मारेको थियो । सो कम्पनीले मार्बललगायत सेनिटरीको बिक्रीवितरणमा स्टिमेट बिलदेखि नक्कली भ्याट बिलसम्म जारी गरेर व्यापक राजस्व छली गर्ने गरेको भन्दै राजस्व अनुुसन्धान कार्यालयले आवश्यक कागजात नियन्त्रणमा लिएर अनुुसन्धान थालेको थियो ।

अनुसन्धान थालेको दुुई महिनासम्म पनि सो कार्यालयले कम्पनीविरुद्ध कुन कारबाही गर्ने भन्ने निक्र्याैल नगर्दा व्यवसायीको सबै कारोबार नै ठप्प भएको छ । राजस्व कार्यालय सुुनसरीका अनुुसन्धान अधिकृत सरोज कोइरालाको नेतृत्वको राजस्वको टोलीले विराटनगरको भृकुटी चोकमा सञ्चालन हुँदै आएको ज्योति ट्रेडर्सले बिलविजक जारी गर्नुुपर्नेमा बिलविजक जारी नगरी स्टिमेट बिलबाट सामान बिक्रीवितरण गरेको भन्दै मूल्य अभिवृद्धि करसमेत छली गर्ने गरेको आरोपमा छानबिन थालेको थियो । तर अहिलेसम्म कार्यालयले विस्तृृत अनुुसन्धान गर्ने भन्दै आवश्यक कारबाही प्रक्रिया थालेको छैन ।

राजस्वले ज्योति ट्रेडर्सबाट बिक्री हुँुदै आएको सामग्री धेरै पहिलेदेखि नै स्टिमेट बिलका भरमा बिक्री गर्दै आएको आशंका गरेको छ । पछिल्लो समय राजस्वले ज्योति ट्रेडर्सबाट बिक्री भएका मार्बल र टायल्सको बिक्री र राजस्व दाखिलाका सम्बन्धमा अनुुसन्धानका नाममा राजस्वले व्यापक बार्गेनिङ गर्न थालेको स्रोतको दाबी छ । लामो समयदेखि मार्बल, टायलसलगायत सेनिटरीको काम गर्दै आएको ज्योति ट्रेडर्सका सञ्चालकले ठूलो रकममा राजस्व चुहावट गरेको राजस्वको दाबी छ ।

दुुई महिनादेखि उक्त व्यवसायी फर्मको कागजात नियन्त्रणमा लिएर अहिलेसम्म पनि निष्कर्षमा पुुग्न नसकेको राजस्व अनुुसन्धानको अनुुसन्धानले व्यवसायीसँग व्यापकरूपमा मोलमलाई गरी रहेको दाबी स्रोतले गरेको छ । सोही कारण उक्त फर्मको अनुुसन्धान नै प्रभावित बनाउँदै राजस्व अनुुसन्धान प्रमुुख र अनुुसन्धान अधिकृत कोइराला समेतलाई विवादित बनाएको छ । यसबाहेक ज्योति ट्रेडर्स आफू स्वयं भन्सार एजेन्ट समेत भएपछि भन्सारबाट समेत ठूलो परिमाणमा भन्सार राजस्व छलि गर्दै आएको भन्दै व्यवसायीसँग बार्गेनिङ सुुरु भएको बताइन्छ । यस विषयमा सत्यतथ्य बुुझ्नका लागि राजस्व अनुुसन्धान सुुनसरीका अनुुसन्धान अधिकृत सरोज कोइरालासँग पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि उनीसँग सम्पर्क हुुन सकेन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१