०१ चैत्र २०८१, शनिबार

अवैध उत्खनन रोक्नपर्छ भन्ने बिरुद्ध डण्डा चलाउने पालिका प्रमुख माझीको चेतावनी !

Logo
News मंगलबार, पुष १६, २०८१

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अवैध उत्खनन रोक्नेपर्छ भन्ने बिरुद्ध कानुनी डण्डा चलाउने चेतावनी दिएका छन् ।

विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी माझीले ग्रामथान गाउँपालिका–२ मा भइरहेको अवैध उत्खनन रोक्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

माझीले भने, ‘अवैध उत्खनन रोक्नु हुँदैन । रोक्नेलाई कारबाही हुन्छ ।’ अध्यक्ष माझीले अवैध उत्खनन रोक्न प्रहरीलाई पत्राचार गरेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरणसमेत सोधेका थिए । उनले आफू जनताले निर्वाचित गरेको जनप्रतिनिधि भएकाले जनताको माग अनुसार काम गर्ने बताए।

माझीले ग्रामथान गाउँपालिका –२ मा अवैध रुपमा भइरहेको माटो उत्खननबारे आफू नभएको वेलामा अनुगमन गरी सरसल्लाहसमेत नगरी अवैध रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्राचार गरेकाले स्पष्टीकरण सोधेको बताएका छन्।
स्पष्टीकरणको हालसम्म जवाफ आइनसकेको र जवाफ चित्तबुझ्दो नआए प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही प्रक्रिया अघि बढाउने माझीले बताए । उनले भने,‘स्पष्टीकरणको जवाफ आइसकेको छैन। जवाफ आएपछि कारबाहीबारे टुंगो लाग्ने छ।’

अध्यक्ष माझीले जिल्ला समन्वय समितिले समेत गाउँपालिकाको अनुमति नलिई अवैध रुपमा भइरहेको माटो उत्खननका विषयमा अनुगमन गरेको प्रति आपत्ति जनाएका थिए । उनले जिल्ला समन्वय समितिले गाउँपालिकालाई आफ्नै शाखाजस्तो व्यवहार गरिरहेको आरोप लगाए । ग्रामथान गाउँपालिका–२ मा अवैध रुपमा भइरहेको माटो उत्खननको ग्रामथान गाउँपालिकाकी उपप्रमुख, वडा अध्यक्षहरू र कर्मचारीहरूको टोलिले अनुगमन गरेको थियो।

जनप्रतिनिधिहरूकै सल्लाहमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले अवैध उत्खनन रोक्न प्रहरीलाई पत्राचार गरेको गाउँपालिकाकी उपाध्यक्ष गुणावती थारुले बताएकी छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१