०६ चैत्र २०८१, बिहिबार

उद्योग संगठन मोरङद्वारा विराट एक्स्पोको प्रचारमा कार र्‍याली

Logo
news बिहिबार, माघ १०, २०८१

विराटनगर । उद्योग संगठन मोरङले विराट एक्स्पो २०२५ को प्रचार प्रसार गर्न बिहिबार कार ¥याली निकालेको छ । संगठनले बिहीबार विराट एक्स्पोको स्थलबाट निकालेको कार र्‍याली विराटनगर, दहवी, इटहरी हुँदै धरानसम्म पुगेर पुनः विराटनगर फर्केर समापन भएको थियो ।

बिहीबार दिउँसो १ बजे विराटनगरबाट निस्केको कार र्‍यालीको टोली दिनभर मोरङ र सुनसरीको विभिन्न स्थानमा पुगेर विराट एक्स्पोको प्रचार–प्रसार गरेका थिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलाल र कोषाध्यक्ष सुबोध कोइरालाले कार र्‍यालीको शुभारम्भ गरेका थिए ।

कार र्‍यालीमा ५० भन्दा बढी उद्योगी एवं व्यापारिक प्रतिष्ठानको कारका चालकले सहभागी जनाएका थिए । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्न लागेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१