३० फाल्गुण २०८१, शुक्रबार

रात्रिकालिन विराट गोल्डकप फाल्गुन १९ देखि विराटनगरमा सुरु हुँदै

Logo
news सोमबार, फाल्गुण ०५, २०८१

विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ नवौं संस्करणको रात्रिकालिन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ फाल्गुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित सिहद रंगशालामा आयोजना गर्ने भएको छ । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो ।

प्रतियोगितामा भारतीय टिम साउथर्न समिति फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवका साथै नेपालका विभागी टिमहरु थ्रि स्टार फुटवल क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी फुटवल क्लव, मच्छिन्द्र फुटवल क्लव, एन आरटी क्लव, नेपाल एपीएफ फुटवल क्लव, चर्च ब्वाइज फुटवल क्लव र रिजालको मोरङ एफसी सहभागी हुने छन् ।

आयोजक समितिका संयोजक उद्योगी नविन रिजालले सोमबार पत्रकार सम्मेलन गरी १ करोड ३५ लाखको लागतमा आयोजना भइरहेको नवौं संस्करणको रात्रिकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको विजेताले ११ लाख नगद र शिल्ड, उपविजेताले ५ लाख र कप प्राप्त गर्ने बताएका छन् । उनले सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार र दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने जानकारी दिए ।

पाँच हजार दर्शक क्षमता रहेको सहिद रंगशालामा रात्रिकालिन यो प्रतियोगिता हेर्न आउने दर्शकहरुमध्येबाट प्रत्येक दिन ५/५ जनालाई ‘फेस अफ द विराट गोल्डकप’ चयन गरेर ताज पहिरियाउनुका साथै राष्ट्रिय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम गरी प्रतियोगिताको उद्घाटन खेलको सुरु हुने संयोजक रिजालले बताए । उनले प्रत्येक दिन खेल हेर्ने दर्शकले दुई सयको टिकट लिनुपर्ने तर यो सिजनभरि १० दिनका लागि एकैपटक टिकट लिनेलाई एक हजार सात सय ५० रुपैयाँ मात्रै लाग्ने जानकारी गराए ।

विराट गोल्डकप फुटवल प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास वोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटवल संघ र मोरङ उद्योग व्यापार संघ रहेको रिजालको भनाइ थियो । पत्रकार सम्मेलनपछि स्थानीय उद्योगी व्यवसायी, पत्रकार, कर्मचारी र सुरक्षाकर्मी टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१