३० फाल्गुण २०८१, शुक्रबार

विराटनगर–८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण

Logo
news बुधबार, फाल्गुण ०७, २०८१

गुरुप्रसाद पोखरेल
विराटनगर ,विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ । महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गर्नुभयो । २० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

महानगरको ३ र वडाको ५ लाखसहित कुल ८ लाख रुपैयाँमा निर्माण हुने विश्रामघरको छानो जस्तापाताको हुनेछ । विशेष गरी विराटनगर–८ का बलुवाही, अमरटोल, विश्वकर्मा चोक, विराटनगर–१०, १४ र जहदा गाउँपालिकाका केही वडाबाट बलुवाहीस्थित घाटमा अन्त्येष्टिका लागि ल्याइने गरिएको छ । यसरी अन्त्येष्टिमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गर्न लागिएको वडाध्यक्ष पोखरेलको भनाइ छ । शिलान्यास समारोहमा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्य कविता विश्वकर्मा, भुवनेश्वर राजवंशी, मोहम्मद अब्बासलगायत स्थानीय समाजसेवी, बुद्धिजीविको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१