०१ चैत्र २०८१, शनिबार

सवारी दुर्घटनामा ग्रामथान गाउँपालिकाका सब इन्जिनियरको मृत्यु, पालिका भरि भोली सार्वजनिक विदा

Logo
News सोमबार, जेठ ०७, २०८१

सडक दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिकाका सब इन्जिनियरको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।

सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । उनले चलाएको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–५ तेतरिया चोकमा राति ८ः५० बजेतिर दुर्घटनामा परेको डीएसपी बस्नेतले बताए ।

तेतरिया ग्रामथान गाउँपालिकाको केन्द्र हो । सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा खान गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगिएको छ । दुर्घटनालगत्तै टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार आफूले चलाइरहेको सवारीसाधनतर्फ चालकले ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको पाइएको हो ।

विकास निर्माणको काम भइरहेको साइडको अनुगमन गरेर फर्किने क्रममा खान दुर्घटनामा परेको गाउँपालिकाका इन्जिनियर निशुभ लुइँटेलले बताए । ‘साइडमा पुगेर फर्किने क्रममा राति दुर्घटनामा परेको पाइयो,’ उनले भने, ‘गम्भीर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१